विद्युत अपडेट

  • प्राधिकरण : ६३५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९८८१ मे.वा.घन्टा
  • आयात : १३६०६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले अर्घाखाँचीस्थित ३३/११ केभी दुर्गाफाँट सबस्टेसन चार्ज गरेकाे छ । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयको वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत निर्माण भएको सबस्टेसन बिहीबार लाेड दिएर चार्ज गरिएको हो ।

सबस्टेसनको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गरेकाे  प्राधिकरण अर्घाखाँची वितरण केन्द्र प्रमुख किरण खनालले बताए । उनका अनुसार  आयोजना अन्तर्गत निर्माण भएकाे मथुराबेंसीदेखि दुर्गाफाँटसम्म १५ किलोमिटर प्रसारण लाइनबाट सबस्टेसन चार्ज गरिएकाे हाे ।

‘सबस्टेसन पहिले नै नाे लाेडमा चार्ज गरेका थियाैं’,उनले ऊर्जा खबरसँग भने, ‘बिहीबार मन्त्री ज्यूले औपचारिकरूपमा उद्घाटन गर्नुभयाे ।’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि उद्घाटन कार्यक्रममा सहभागी थिए । 

सबस्टेसनबाट ३ वटा ११ केभी वितरण लाइन सञ्चालन गरिएकाे पनि उनले बताए । सबस्टेसनमा ३ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिएको छ ।

भर्खरै निर्माण सकिएकाे सबस्टेसनमा सन्धिखर्क सबस्टेसनको बढी भएको लोड सारेर आपूर्ति व्यवस्था मिलाइएकाे उनले बताए । यसअघि दुर्गाफाँट क्षेत्रमा सन्धिखर्क सबस्टेसनबाट आउने ११ केभी फिडरमार्फत विद्युत वितरण हुँदै आएको थियो । वितरण लाइन धेरै लामो हुँदा प्राविधिक चुहावटको समस्या थियो ।

दुर्गाफाँटमा सन्धिखर्क सबस्टेसनको लोड सारेपछि वितरण प्रणालीको गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको छ । सबस्टेसन र प्रसारण लाइन १२ करोड रुपैयाँ लागतमा सम्पन्न भएको हो । सबस्टेसन र लाइन त्रिपुरेश्वर जयदूर्गे जेभीले निर्माण गरेकाे हाे ।

दुर्गाफाँट सबस्टेसन र वितरण लाइन वितरण प्रणाली सुदृढिकरण आयोजनाका १२ वटा प्याकेजमध्येको ९औं आयोजना हो । ३ आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit