images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४०० केभी कर्णाली कोरिडोर (फुकोट–बेतन–दोदोधारा) डबल सर्किट प्रसारण लाइनको टावर निर्माण सुरु हुने भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले नेपाल–भारत सीमाको कर्मादेवदेखि कालिकोटको खाडाचक्रसम्म पर्ने २ सय ४० किलोमिटर लामो लाइनको  जग्गा अधिग्रहणको काम सुरु गरेको हो ।

आयोजनाले सुर्खेतका दुई स्थानीय तहमा जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । आवश्यक पर्ने जग्गाका लागि आयोजनाले आइतबार अधिग्रहणको सूचना प्रकाशित गरेको छ । आयोजना अन्तर्गत टावरप्याड निर्माण गर्न जग्गा प्राप्तिका लागि चौकुने गाउँपालिका–६ र ४ (साबिक रेक्चा गाविस ४, ७, ८, ९ र बासपानी गाविस–३) मा १५ जनाको जग्गा अधिग्रहण गर्ने भएको हो ।

जग्गाधनिहरूलाई जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को प्रयोजनको सूचना जारी गर्दै ३५ दिनभित्र सरोकारवाला व्यक्तिले आफैं वा अख्तियारप्राप्त बरेसमार्फत दाबी/विरोध गर्न आफ्नो हक वा भोगचलन सम्बन्धी सबुत निस्सा तथा प्रमाणसहित निवेदन माग गरेको छ ।

निवेदन सम्बन्धित वडा वा पालिकामार्फत राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडलाई बुझाउनुपर्ने जनाइएको छ । सोही ऐनको दफा ११ अनुसार जग्गा प्राप्त नगर्नुपर्ने कुनै कारण भए कारण खोलि उजुरी/निवेदन पनि दिन सकिने सूचनामा छ ।

कर्णाली कोरिडोर प्रसारण लाइन अन्तर्गत ३ वटा सबस्टेसन निर्माण हुनेछन् । दोदोधारा सबस्टेसन कैलालीमा, वेतन सबस्टेसन सुर्खेतमा र फुकोट सबस्टेसन कालिकोटमा निर्माण हुनेछ ।

प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गर्न करिब १७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यो प्रसारण लाइनमार्फत २ हजार ५ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit