विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले मंगलबार (अगष्ट १) मा पठाएको मूल्य अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमको सञ्चालक समितिकाे बैंठकले आज राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल लिटरमा ९ रुपैयाँ र डिजलमा ७ रुपैयाँ बढाएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ ।

आइओसीले पेट्रोल प्रतिलिटर ८.१४, डिजेल प्रतिलिटर ६.८६ रुपैयाँ बढाएर र ग्यास प्रतिसिलिण्डर ११७.६२ रुपैयाँ घटाएर पठाएको निगमले जनाएको छ ।

निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ।

नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोल लिटरको १७३ रुपैयाँ, डिजल र मट्टितेल १५३ रुपैयाँ लिटर पर्नेछ । खाना पकाउने ग्यासको मूल्य १६६० रुपैयाँमा कायम गरेको निगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit