विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगमले आज (आइतबार) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरी  स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेको जानकारी दिएकाे हाे ।

स्वचालित मूल्यअनुसार पेट्रोलमा २.५ र डिजेलमा २ प्रतिशतमात्र नाफा लिने निर्णय भएको निगम सञ्चालक समितिका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए । स्वचालित प्रणाली कायम भएसँगै पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ ।

इतिहासमा पहिलोपटक इन्धनकाे मूल्यमा ‘बोल्ड’ निर्णय गरिएकाे निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । उनले आइतबार बसेको निगमको सञ्चालक समितिको २३३५औं बैंठकले स्वचालित बिक्री मूल्य सम्बन्धी कार्यविधि-२०८० पास गरेकाे पनि जानकारी दिए ।

यसैगरी, निगमले आज राती १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा ४.६ रुपैयाँ घटाएको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ, डिजेल १४५.४० रुपैयाँ रहनेछ । एलपी ग्यासमा निगमले लिँदै आएको १० रुपैयाँ नाफा पनि नलिने भएको छ । ग्यास सिलिन्डरको १७९० रुपैयाँ पर्नेछ ।

निगमले भारतीय आयल कर्पोरेसनको सम्पूर्ण ऋण भुक्तानी गरिसकेको र सरकारको केही ऋण तिर्न बाँकी रहेको बताए । उनले हवाई इन्धनमा भने स्वचालित प्रणाली लागू नहुने र सञ्चालक समितिबाटै मूल्य निर्धारण हुने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit