विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण विरगन्ज वितरण केन्द्रले ढेड महिनामा ग्राहकबाट २ करोड रुपैयाँ विद्युत बक्यौता उठाएकाे छ । केन्द्रले लामो समयसम्म विद्युत महसुल  नबुझाउने ग्राहकको लाइन काटेर कारबाही गरी यति बक्यौता उठाएकाे हो । 

गत मंसिर ११ गतेदेखि पुष २२ गतेसम्ममा महसुल नबुझाउने १ सय ८० ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख सम्भु कसियत यादवले बताए । उनका अनुसार लाइन काटिएका ग्राहकमध्ये १ सय ५० जनाले २ करोड रुपैयाँ विद्युत बक्यौता बुझाएका छन् ।

बक्याैता तिरेपछि लाइन पुनः जोडिएको छ । बाँकी ३० जनाले अझै  तिरेका छैनन् ।  १ सय ८० ग्राहकबाट ३ करोड ५४ लाख ४३ हजार रुपैयाँ बक्यौता उठ्न बाँकी थियाे ।

यस्तै, केन्द्रले यही अवधिमा विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा २६ जना ग्राहकलाई पक्राउ गरी कारबाही गरेको छ । पक्राउ परेकाले जरीवानासहित २ लाख ४ हजार रुपैयाँ बुझाएपछि उनीहरुलाई छोडिएको छ । 

केन्द्रले कालो सूचीमा रहेको ग्राहकबाट पनि करिब ५ लाख रुपैयाँ असुली गरेको यादवले बताए । केन्द्रले लाइन काटेर बक्यौता उठाउने, चुहावट नियन्त्रण गर्ने अभियानलाई तिव्रता दिएको छ । केन्द्र अन्तर्गत ३.८९ प्रतिशत चुहावट छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit