काठमाडौँ । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । भदौ ११ गते बसेको कम्पनी सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । कम्पनीले १ः१ को अनुपात अर्थात् कायम सेयरधनीको १ कित्ता सेयर बराबर एकै कित्ता सेयर पाउने गरी हकप्रद शेयर जारी गर्न लागेको जनाएको छ ।
असोज ९ गते बोलाइएको कम्पनीको नवौँ साधारणसभाबाट उक्त निर्णय पारित गराउने सञ्चालक समितिको निर्णय छ । साधारणसभामा हकप्रद सेयर जारी गर्ने सहितका विशेष प्रस्ताव र साधारण प्रस्तावहरूमाथि छलफल हुने भएको छ ।
वार्षिक साधारण सभा प्रयोजनाका लागि कम्पनीको सेयरधनी र्ता पुस्तिका तथा सेयर दाखिला खारेजीको कार्य भदौ २३ गते एक दिनका लागि बन्द रहने छ । भदौ २२ गतेसम्म कायम रहने सेयर धनीले मात्र साधारणसभामा भाग लिन पाउने भएका छन् ।