विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिमालयन हाइड्रो पावर लिमिटेडकाे सेयर आवेदन खुल्ला भएकाे छ । कम्पनीले कास्कीको मादी खोलामा रहेकाे १२ मेगावाटको नामार्जुन मादी जलविद्युत केन्द्रकाे आयोजना प्रभावित स्थानीयका लागि छुट्ट्याइएको ९ लाख कित्ता सेयर आवेदन खुल्ला गरेकाे छ ।

१ सय रुपैयाँ अंकित ९ कराेड रुपैयाँ बराबरको ९ लाख कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नम्बर १, २ , ३, ४ , ६ र ७ का सम्पूर्ण स्थानीयका लागि छुट्ट्याइएको सेयर निष्कासन गरिएकाे छ । 

कम्पनीको सेयर खरिदका लागि स्थानीयले छिटोमा जेठ ८ गतेसम्म र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन  दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई ब्रिकी प्रबन्धक तोकिएको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्ट्याएको सेयर बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit