विद्युत अपडेट

  • प्राधिकरण : ८४८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९२६० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ७०४१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ३३३६८ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १४५६ मे.वा.
२०८० मङ्सिर १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एक महिनामै ग्यासको मूल्य प्रतिसिलिन्डर ४५० रुपैयाँ बढेको छ । नेपाल आयल निगमले भदौ १५ गतेदेखि असोज १४ गतेसम्मको अवधिमा दुई पटक मूल्य बढाएको हो ।

दशैं, तिहार, छठ जस्ता चाडबाड नजिकिरहेका बेला निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट मूल्य बढेर आएको भन्दै आइतबार (असोज १४ गते) देखि लागु हुनेगरी ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाएको छ । आइओसीले प्रतिसिलिन्डर १७३.४५ रुपैयाँ बढाएर नयाँ मूल्यसूची पठाएपछि निगमले ‘पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८०’ अनुसार मूल्य वृद्धि गरेको जनाएको छ ।

नयाँ मूल्यअनुसार ग्यास प्रतिसिलिन्डर २ हजार ११० कायम भएको छ । यसअघि १ हजार ८९५ रुपैयाँ थियो । निगमले गत भदौ १५ गते पनि ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको थियो ।

ग्यासको मूल्य एक महिनाअघि प्रतिलिसिन्डर १ हजार ६६० रुपैयाँ थियो । अहिले ४५० रुपैयाँ बढेर २ हजार ११० रुपैयाँ पुगेको छ । निगमले गत साउन १६ गते भने ग्यासको मूल्य प्रतिसिलिन्डर ११७.६२ रुपैयाँ घटाएको थियो ।

ग्यासको मूल्यसँगै आयात परिमाण पनि बढिरहेको छ । आर्थिक वर्ष (आव) साउन र भदौमा ७ अर्ब ३२ करोड ६३ लाख १३ हजार रुपैयाँ बराबरको ८ करोड ८२ लाख ७१ हजार ४८६ केजी ग्यास आयात भएको भन्सार विभागको तथ्यांक छ ।

नेपालमा वार्षिक रुपमा झण्डै ६० अर्ब रुपैयाँको ग्यास आयात हुने गरेको छ । गत आव (२०७९÷८०) मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको ५१ करोड ४३ लाख ४० हजार ७६८ केजी ग्यास आयात भएको विभागको तथ्यांक छ ।

सरकारले विद्युतीय चुलोलाई प्रवर्द्धन गर्ने नीति लिए पनि आवश्यक पूर्वाधारको अभाव र विद्युतीय चुलोप्रति सर्वसाधारण आकर्षित हुन नसक्दा वर्षेनी खाना पकाउने ग्यासको आयात तथा खपत बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit