विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य १० रुपैयाँ घटाएको छ । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले मूल्य बढाएर पठाए पनि नेपालमा सरकारले लगाउँदै आएको प्रतिलिटर १० रुपैयाँ बराबरको मूल्य कम गरिएको हो ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मटितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । हवाई इन्धन (आन्तरिक र बाह्य) र एलपी ग्यासको मूल्य भने यथावत नै कायम गरिएको छ ।

उल्लेखित आधारमा मूल्य समायोजन हुँदा पेट्रोलमा प्रतिलिटर ३१.४१ रुपैयाँ र डिजेलमा २८.३३ रुपैयाँ नोक्सान रहेको निगमले जानकारी दिएको छ । यस्तै, मटितेलमा ५.४४ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा १७.४६ रुपैयाँ र हवाई इन्धन बाह्यमा ६४.६७ रुपैयाँ नाफा रहेको जनाइएको छ । उता एलपी ग्यासमा भने प्रतिसिलिण्डर ७५१.१४ रुपैयाँ घाटा रहेको निगमले उल्लेख गरेको छ ।

निगमका अनुसार एलपी ग्यासको हाल भइरहेको घाटा न्यूनिकरण गर्न घरायसी र व्यावसायिक प्रयोजनका लागि अलग अलग मूल्य कायम हुने भएको छ । निगमको बिहीबार (जेठ १९ गते) बसेको सञ्चालक समितिको बैठकले यस कार्यका लागि एक सञ्चालकको संयोजकत्वमा सरोकारवाला प्रतिनिधि सहित उपसमिति गठन गर्ने निर्णय पनि गरिएको छ ।

विदेशी मुद्रा खर्च गरी महँगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थहरूको प्रयोग सकेसम्म कम गरी विद्युत लगायत स्वदेशी ऊर्जाको खपत बढाउन अब जरुरी रहेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । ‘यो राष्ट्रिय आवश्यकतालाई आम उपभोक्ताहरूले समेत मनन गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

याे पनि

अर्थ मन्त्रालयले किन पठाएन, डेढ महिनाका लागि १० प्रतिशत पूर्वाधार कर हटाएको पत्र !

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit