images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजका १८२३ ग्राहकलाई कालाेसूचीमा राखेकाे छ । लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखी केन्द्रले कारबाही प्रक्रिया अघि बढाएको हाे ।

विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल्न कारबाही अघि बढाइएको केन्द्रले जनाएकाे छ । कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन गरिएको छ । टोलीले यकिन गरेपछि ग्राहकमाथि थप कारबाही अघि बढाइने प्रमुख दुबेले बताए।

कालोसूचीमा रहेका ग्राहकबाट ७ करोड ६५ लाख ५६ हजार ७ सय ६३ रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेकाे पनि दुबेले जानकारी दिए । लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र पर्सा-बारा काेरिडोरका औद्योगिक क्षेत्रका उद्योगमा विगतको भन्दा कम विद्युत्‌काे उपयोग हुनुजस्ता कारणले आर्थिक वर्ष (आव) २०७९/८० मा विद्युत् चुहावट ०.५ प्रतिशतले बढेको छ । गत आव २०७८/७९ मा विद्युत् चुहावट ४.९८ प्रतिशत रहेकामा आव २०७९.८० मा ५.०३ प्रतिशत विद्युत् चुहावट भएको प्रमुख दुबेले जानकारी दिए।

आव २०७९/८० मा विद्युत् महसुल नबुझाउने २ हजार ४ सय ६८ ग्राहकको विद्युत् लाइन काट्दा १ हजार ९ सय ६ ग्राहकबाट ११ करोड ४० लाख ७२ हजार ६ सय १५ रुपैयाँ बाँकी बक्यौता रकम असुली भएको केन्द्रका इन्जिनियर निर्मला फौजदारले बताइन्।

त्यस्तै, सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ७१ जनालाई पक्राउ गरी जरिवानाबापत १२ लाख २४ हजार ७ सय २४ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिइन् ।

आव २०७९/८० मा २ हजार ४ सय ४२ नयाँ ग्राहक थपिएको छ । योसँगै वीरगंज क्षेत्रमा ग्राहकको सङ्ख्या ५४ हजार २ सय ३ पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit