विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माणाधीन १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनाको विद्युत उत्पादन लक्ष्य प्रभावित हुने भएको छ ।अहिलेसम्म अप्पर मैलुङ खोला हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको करिब ३० प्रतिशत निर्माण मात्रै सकिएकाले निर्धारित तालिकाअनुसार विद्युत उत्पादन सुरु हुन नसक्ने देखिएको हो ।

स्थानीय अवरोध, कोरोना (कोभिड–१९) महामारीको असरलगायत कारणले विद्युत उत्पादन मिति पछि सर्ने देखिएको आयोजनाका प्रबन्धक कांगडा प्रसाईंले बताए । उनका अनुसार दशैंपछि मात्रै आयोजनाको निर्माणले गति लिएकाले २०७८ भित्र आयोजना सम्पन्न गर्न सम्भावना देखिँदैन ।

‘विविध कारणले लामो समय आयोजनाको काम तीव्र गतिमा अघि बढाउन सकिएन,’ उनले ऊर्जा खबरसँग भने, ‘दशैंपछिबाट भने निर्माणले गति लिएको छ । ताेकिएकाे तालिकाअनुसार निर्माण अघि बढ्न नसकेकाले विद्युत उत्पादनकाे समय केही पछि सर्छ । ’

उनले अहिले आयोजनाका सबै संरचनाकाे निर्माण अघि बढेकाे बताए । बाँध क्षेत्रमा ढलानको काम भइरहेको छ । १.८ किलोमिटर लामो मुख्य सुरुङ ४ ठाउँबाट खन्ने सुरु गरिएकाे छ ।

 आयोजनामा १ किलोमिटर लामो पेनस्टक पाइप राखिनेछ । सुरुङ र पेनस्टक पाइपको काम साउनभित्र पूरा गर्ने लक्ष्य रहेको उनले बताए ।  विद्युतगृहको संरचना निर्माणको काम पनि भइरहेको छ ।

‘विद्युतगृहको सिभिलतर्फको काम सुरु भएको छ । अहिले चट्टान काट्ने काम हुँदैछ । चाँडै जग खन्न सुरु गर्छौं’ उनले भने । आयोजनामा जडान हुने इलेक्ट्रो तथा हाइड्रोमेकानिकल उपकरण ढुवानी गर्न सुरु गरिएको छ’ उनले भने । 

आयोजनामा निर्माण पूरा गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सानिमा हाइड्रो समूह अन्तर्गत निर्माण भइरहेको आयोजनामा सिद्वार्थ बैंकको अगुवाईमा नेपाल एसबीआई बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ । 

आयोजना निर्माण पूरा भएपछि उत्पादन हुने विद्युत त्रिशूली थ्रिबी हब सबस्टेसनमा जोडिनेछ । विद्युतगृहदेखि सबस्टेसनसम्मको आवश्यक १५ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रसारण लाइन निर्माण गर्न ठेकेदार चयनको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । आयोजना पूरा भएपछि आयोजनाले वार्षिक ७ करोड ९६ लाख ७० हजार ४ सय ८६ किलोवाट घण्टा विद्युत उत्पादन हुनेछ । 

सानिमा समूहले माथिल्लो मैलुङसहित ७३ मेगावाटको मध्यतमोर र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ । यो समूहले यसअघि २.६ मेगावाटको सुनकोसी साना, २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माइ क्यासकेड आयोजनाको सफल निर्माण गरी सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit