विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ मा पहिचान भएको ६० मेगावाटको माथिल्लो तमोर ‘ए’ जलविद्युत आयोजना निर्माण गर्न करिब १३ अर्ब रुपैयाँ लागत लाग्ने भएको छ । आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदनका अनुसार आयोजना निर्माण पूरा गर्न साे लगानी आवश्यक पर्ने देखिएको हो ।

प्रवर्द्धक युनियन हाइड्रो पावर लिमिटेडले तयार पारेको इआइए प्रतिवेदनअनुसार आयोजना सम्पन्न गर्न १२ अर्ब ८५ करोड ९० लाख रुपैयाँ लाग्ने देखिएको छ ।  जसअनुसार प्रतिमेगावाट लागत २२ करोड २१ लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

कम्पनीको आयोजना सम्भाव्यता अध्ययन भइसकेको छ भने इआइए प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइसकेको कम्पनीले जनाएको छ ।

आयोजनासम्म पुग्नका लागि करिब २० किलोमिटरको पहुँचमार्ग निर्माण गर्नुपर्ने छ  । आयोजना निर्माणका लागि वन क्षेत्रको ११.५९२ हेक्टर स्थायी र ७.५८२ हेक्टर अस्थायी जग्गा अधिग्रहण गरिनेछ । आयोजनाको ग्रस हेड ९६८ मिटर र नेट हेड ९४३.७२ मिटर हुनेछ ।

हेडरेस सुरङ

आयोजनामा दुई वटा हेडरेस सुरुङ निर्माण हुनेछ । हेडरेस सुरुङ–१ को लम्बाई १९५४ मिटर रहनेछ भने हेडरेस सुरुङ २ को लम्बाई ४६८६ मिटर लामो हुनेछ ।

प्रसारण लाइन

आयोजनाबाट उत्पादन भएको विद्युत १३२ केभी प्रसारण लाइनमार्फत १५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको २२०/१३२/३३ केभी ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।

ऊर्जा उत्पादन

यो आयोजनाबाट वार्षिक ३३३.८२२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । सुक्खायाममा १००.३०७ गिगावाट घन्टा र बर्षायाममा २३३.८२२ गिगावाट घण्टा विद्युत उत्पादन हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit