विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालले दोर्दी कोरिडोरमा निर्माणाधीन करिब ११८ मेगावाटका आयोजना छिटो सम्पन्न गर्न निर्देशन दिएकी छिन् । हाइड्रो हवका रुपमा स्थापित लमजुङको दोर्दी काेरिडोरमा निर्माणाधीन आयोजना र प्रसारण लाइनको स्थलगत निरीक्षण गर्दै समयमै सम्पन्न गर्न निर्देशन दिएकी हुन् ।

कोरिडोरमा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, २५ मेगावाटको माथिल्लो दोर्दी–ए, २७ मेगावाटको दोर्दी खोला र १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना निर्माणमा ढिलाई नगर्न ताकेका गरेकी हुन् ।

निजी प्रवद्र्वकले पटक–पटक गरेको आग्रहअनुसार काम नभएपछि मन्त्री भुसालले स्थलगत निरीक्षण गरी तत्काल काम सम्पन्न गर्न निर्देशन दिएकी हुन् । उनले आयोजनाको काममा ढिलाइ गर्न नहुने जनाउँदै एक युनिट पनि बिजुली खेर नजाने गरी काम गर्न निर्देशन दिईन् ।

कोरिडोरमा पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ ५५ प्रतिशत पूरा भएको छ । आयोजनाबाट आगामी फागुनदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका छ । बाढी तथा कोरोना (कोभिड–१९) महामारीका कारण लामो समय निर्माण  प्रभावित हुँदा विद्युत उत्पादन गर्ने यो तालिका प्रभावित हुने देखिएको छ ।

तोकिएको तालिकाभन्दा ६ देखि ८ महिना उत्पादन धकेलिने सम्भावना देखिएको कम्पनीले जनाएको छ । गत असार १ गते राति दोर्दी खोलामा आएको भीषण बाढीले पहुँच सडक तथा आयोजनाको संरचनामा ठूलो क्षति पुर्याएको थियो ।

आयोजना सम्पन्न गर्न ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण लम्बिँदा अनुमानित लागत पनि केही बढ्ने देखिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा ९ वटा बैंकले ऋण लगानी गरेका छन् । जिल्लाबासीले पनि २७ करोड रुपैयाँ लगानी गरेका छन् ।

हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र दोर्दी जलविद्युत कम्पनीले निर्माण गरीरहेको १२ मेगावाटको दोर्दी–१ को काम ९० प्रतिशत बढी पूरा भएको छ ।

दोर्दी–ए बाट पनि गत बैंशाखदेखि नै उत्पादन सुरु गर्ने तालिका थियो, तर कोरोना महामारीले गर्दा उपकरण आयोजनास्थल पुर्याउन नसक्दा काम प्रभावित भई तालिका सरेको कम्पनीले जनाएको छ । आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ ।

आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत उत्पादन हुनेछ । विद्युत उत्पादन सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

दोर्दी खालाको पनि गत साउनमै उत्पादन सुरु गर्ने तालिका थियो, यो पनि कोरोना महामारीले गर्दा प्रभावित भएको हो । आयोजनाको निर्माण अवधि लम्बिँदा लागत पनि बढेर ४ अर्ब ७० करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । आयोजनामा प्राइम कमर्सियल बैंकको अगुवाईमा ८ बैंकको लगानी छ ।

दोर्दी–१ को काम ९३ प्रतिशत पुरा भएको छ । आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा सानिमाको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् ।

कोरिडोरमै रहेको छ्याङ्दी खोलामा ४ मेगावाटको छन्दी र २ मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको बताइएको छ । त्यस्तै, यही कोरिडोरमा ५७ मेगावाटको हिमचुली दोर्दी र २०.८ मेगावाटको दोर्दी दुधखोला जलविद्युत आयोजना निर्माणमा जाने तयारीमा छन् । 

नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन तथा सवस्टेसनको काम द्रुत गतिमा अघि बढाउन प्रसारण लाइन आयोजना प्रमुखलाई निर्देशन दिएको थियो ।  लमजुङको उदिपुर, कीर्तिपुर तथा टारीकुनामा र तनहुँको मार्कीचोकमा सवस्टेसन निर्माणको क्रममा छन् ।

दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्नका लागि ११ किलोमिटर लामो कीर्तिपुर–उदिपुर १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणमा छ ।  आयोजना प्रमुख चिरन्तन राणाले आयोजनाको समग्र अवस्थाका बारेमा मन्त्री भुसाललाई जानकारी दिँदै तोकिएको समयमा नै पूरा गराउन आफू लागिपरेको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit