विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लमजुङ जिल्लामा ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको सिउरी–न्यादी पावर प्रालिले निष्कासन गर्ने साधारण सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गरिदिने भएको छ । यससम्बन्धमा कम्पनीका अध्यक्ष शैलेन्द्र गुरागाईं र कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सिउरी–न्यादीले १०० रुपैयाँ मूल्य अंकित ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता सेयर निष्कासन गर्न लागेको छ । उक्त सेयरको ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४ सय रुपैयाँ बराबरको सेयर कोषले प्रत्याभूति गरिदिने भएको छ ।

लमजुङको हिमाली क्षेत्रमा निर्माण भएको सुपर न्यादीको अहिलेसम्म ७० प्रतिशत निर्माण पूरा भएको आयोजना संयोजक यज्ञप्रसाद सुवेदीले जानकारी दिएका छन् । करिब ७ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेमा अहिलेसम्म ६ किलोमिटरको काम पूरा भइसकेको छ । संशोधित तालिका अनुसार २०८२ असारसम्म आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०८१ असारभित्र उत्पादन सुरु गर्ने तालिका छ । आयोजना जी एन्ड जी प्रालिले निर्माण गरिरहेको छ । ७ अर्ब रुपैयाँ लागत अनुमान आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ वित्तीय संस्थाले ५ अर्ब २५ करोड रुपैयाँ (७५ प्रतिशत) ऋण लगानी र १ अर्ब ७५ करोड रुपैयाँ (२५ प्रतिशत) स्वपुँजी लगानी रहेको छ ।

आयोजनाबाट वार्षिक २३५.७६ गिगावाट घन्टा (२३ करोड ५७ लाख ६० हजार युनिट) विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत आयोजनास्थलदेखि ११ किलोमिटर टाढाको १३२ केभी तारीकुना खुदी सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्मको लाइन कम्पनी आफैँले निर्माण गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit