images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ६१.०२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजना निर्माण हुने भएकाे छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले कर्णाली प्रदेश, हुम्ला जिल्लाको नाम्खा गाउँपालिका भएर वग्ने हुम्ला कर्णाली नदीको पानी प्रयोग गरी उक्त मेगावाटको आयोजना निर्माण गर्न प्रस्ताव गरेको हो ।

प्रस्तावित आयोजनाको लागि हुम्ला कर्णाली नदीको वारपार १० मिटर उचाईको बाँध निर्माण गरी नदीको पानीलाई करिब ६९४१.६५ मिटरको लामो सुरुङ र ४९१.३६ मिटर लामो पेनस्टक पाइपको माध्यम बाट नाम्खा गाउँपालिका वडा नम्बर ४ को ७ सय मिटर माथि हुम्ला कर्णाली नदीको भु–सतहमा अवस्थित विद्युत गृहमा खसालिनेछ । विद्युत उत्पादन गरी २४.८४ मिटर लामो टेलरेसको माध्यमबाट हुम्ला कर्णाली नदीमा पुन पानी खसालिनेछ । 

आयोजना निर्माण सम्बन्धित गाउँपालिका तथा वडाहरू र त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वस्थ्य चौकी, डिभिजन वन कार्यालयका प्रतिनिधि, सामुदाय, जन उपभोक्ता समूहका प्रतिनिधिहरू, स्थानीय महानुभावहरूमा पर्न सक्ने प्रतिकुल असरका विषयमा छलफल गर्न सार्वजनिक सुनुवाइ गर्न लागिएकाे छ ।

केन्द्रले प्रस्तावित आयोजनाको सार्वजानिका सुनुवाई कात्तिक २९ गते (मंगलवार) विहान ११ बजे सामुदायिक भवन यांगर नाम्खा गाउँपालिकामा गर्ने भएको छ । परामर्शदाता हाइड्रो कन्सल्ट इन्जिनियरिङ्ग लिमिटेड, सिमेन्ट कन्सल्टेन्ट प्राली र प्रोफेसनल नेटर्क प्रालि रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit