images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । साउदी अरेबियाको जलविद्युत् प्रवद्र्धक तथा लगानीकर्ता कम्पनी एक्वा पावर र चिनियाँ सरकारी स्वामित्वको कम्पनी पावर चाइनाले चाइनाले मध्य एसियामा पहिलो पटक हाइड्रोजन प्लान्ट सुरु गरेका छन् ।   

दुवै कम्पनीको सहकार्यमा यो प्लान्ट मध्य एसियको उज्वेकिस्तानमा स्थापना गरिएको हो । वायु ऊर्जाबाट सञ्चालन हुने उक्त प्लान्टले वार्षिक ३००० मेट्रिक टन हरित हाइड्रोजन उत्पादन गर्ने कम्पनीहरुले आफ्नो वेवसाइटमार्फत दाबी गरेका छन् ।  

यस हाइड्रोजनलाई प्रतिवर्ष ५००,००० टन एमोनिया मल उत्पादनको लागि प्रयोग गरिनेछ, जसले ३३ लाख क्युबिक मिटर प्राकृतिक ग्यास प्रतिस्थापन गर्न सहयोग गर्नेछ ।  

आयोजनाको साधारण ठेकेदार पावर चाइनाले यो परियोजना कम्पनीको पहिलो हरित हाड्रोजन परियोजना भएको भन्दै मध्य एसियामा पहिलोपटक कार्यान्वयन चरणमा पुगेको बताएको छ । साथै, बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतको यो प्लान्ट महत्वपूर्ण ऊर्जा परियोजना रहेको पावर चाइनाले जनाएको छ । फुडान युनिभर्सिटीका अनुसन्धानकर्ताले यस वर्षको सुरुवात ‘बिआरआई अन्तर्गत चीनको कुल ऊर्जा लगानीको आधाभन्दा बढी नवीकरणीय ऊर्जामा रहेको बताएका थिए ।  

चीनले प्रतिवर्ष १० लाख देखि २० लाखटनसम्म हरित हाइड्रोजन उत्पादनको लक्ष्य लिएको छ, जसले ठुला स्टिल, सिमेन्ट र मल कारखानालाई कार्बन उत्सर्जन कटौती (डिकार्बनाइजेसन) गर्न सहयोग गर्ने छ । 

यता एक्वा पावरले खाडी मुलुक र उत्तर अफ्रिकामा ऊर्जा उत्पादन र स्वच्छ पानीका लागि डेसिलिनेटेड प्लान्ट समेत निर्माण गर्दै छ । 

गत सेप्टेम्बरमा एक्वा पावरका अध्यक्ष मोहम्मद अब्नुयान र चीनको सरकारी स्वामित्वको चाइना साउदर्न पावर ग्रिड तथा वायु टर्वाइन निर्माता मिङयाङ स्मार्ट इनर्जीबिच स्वच्छ ऊर्जा प्रविधिमा सहयोगका लागि हस्ताक्षर भइसकेको छ । –राेयटर्स

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit