विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । धर्मस्थली फिडरको विद्युत सेवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रले लाइन मर्मत गर्नका लागि सेवा बन्द गर्न लागेको हो ।

बुधबार (आज) दिउँसो १ बजेदेखि सेवा बन्द गरेर लाइन मर्मतको काम सुरु गर्ने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सेवा बन्द गरेर बाईपास चोकमा रहेको एच.टी (११००० भोल्ट) लाइनको भुमिगत तार मर्मत गरिनेछ ।

सेवा बन्द हुँदा फुटुङ, मनमैजु, नेपालटार, लामबगर, डाँडागाँउ, जरंकु, पदमशाला, ढकालटार, बसन्तपुर कोलोनी, काभ्रेस्थली, भेडीगोड, साङंला, पुसललगायतका क्षेत्र प्रभावित हुनेछ । अवरुद्व सेवा ३ बजेबाट सुचारु हुनेछ ।

कुपन्डोल फिडरको पनि विद्युत सेवा बन्द हुने

प्राधिकरण पुल्चोक वितरण केन्द्रले पनि कुपनडोल फिडरको विद्युत सेवा बन्द गर्ने भएको छ । महापाल, पाटन दरबार, बंलामुखी क्षेत्रमा मेलम्ची खानेपानीले पाइप जोडने कार्य गर्ने भएकोले सेवा बन्द गर्न लागिएको हो ।

विद्युत लाइन २९ गते ९बुधबार० र माघ १ गते ९बिहीबार० राती ९ः३० देखि बन्द गरेर पाइप जडानको काम गर्ने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अवरुद्व सेवा दैनिक बिहान ६ बजेबाट सुचारु हुनेछ ।

सेवा बन्द हुँदा महापाल, इटी, पाटन दरबार, बंलामुखी, शंखमुल, पाटनढोका, मंगलबजार, छबाललगायतका यी फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ । तोकिएको समयअगावै  कार्य सम्पन्न भएमा सो समयभन्दा अगावै सेवा सुचारु गर्ने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit