विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङमा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाले अबको ९ महिनाभित्र विद्युत उत्पादन सुरु गर्ने भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीले दोर्दी खोलामा निर्माण गरिरहेको आयोजनाले २०७८ असोजदेखि विद्युत उत्पादन गर्न लागेको हो ।

अहिले आयोजन निर्माणले गति लिएको कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए । उनका अनुसार आयोजनाको करिब ७० प्रतिशत निर्माण पूरा भइसकेको छ ।

‘कोरोना (कोभिड–१९) महामारीका कारण कामदार अभाव र निर्माण सामाग्री ढुवानी समस्याले केही महिना आयोजनाको काम प्रभावित भएको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘अवस्था सामान्य भएपछि सावधानीका उपाय अपनाएर कामको गति तीव्र पारेका छौं ।’ उनले आयोजनाको बाँध, सुरुङ, विद्यृतगृह लगायत सबै संरचनामा काम भइरहेको बताए । 

बाँध क्षेत्रका संरचना आगामी चैत्रभित्र सम्पन्न गर्ने लक्ष्य छ । मुख्य सुरुङ पनि करिब ८० प्रतिशत खनेर सकिएको छ । आगामी असारभित्र सुरुङ खनिसक्ने रायमाझीले बताए । विद्युतगृहको निर्माण करिब ७० प्रतिशत सकिएको छ । अब हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम चाँडै सुरु गरिने कम्पनीले जनाएको छ ।

आयोजना स्थलमा उपकरण आयात गर्ने काम भइरहेको छ । यसअघि आयोजनाबाट २०७६ फागुनदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । कोरोना महामारीका कारण निर्माण सम्पन्न हुन नसक्दा विद्युत उत्पादन तालिका सरेको थियो ।

२०७६ साउनमा दोर्दीखोलामा आएको बाढीका कारण  आयोजनाको बाँध क्षेत्रमा क्षति पुर्याउँदासमेत निर्माण प्रभावित भएको थियो । सुरुमा ४९.६ मेगावाटमा निर्माण गर्ने अनुमति लिएको आयोजनाको क्षमता अभिवृद्धि गरेर ५४ मेगावाट पुर्याइएको हो ।

आयोजना सम्पन्न भएपछि उत्पादन हुने दोर्दी कोरिडोरको किर्तीपूर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेको छ । ६ किलोमिटर लामो प्रसारण लाइनमा २० वटा टावर रहनेछ । अहिले जग (फाउन्डेसन) खन्ने काम भइरहेको रायमाझीले बताए । 

कुल ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ वटा बैंकको ५ अर्ब ८० करोड रुपैयाँ लगानी छ । २ अर्ब ४९ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानीे छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको २७ करोड रुपैयाँ लगानी छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit