विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुमा एकै दिन २ सबस्टेसन चार्ज गरेको छ । प्राधिकरणले कपिलवस्तुमा निर्माण सम्पन्न ३३÷११ केभी लवनी र गोरुसिंगे सबस्टेसन शुक्रबार चार्ज गरेको हो । 

निर्माण पूरा भएका सबस्टेसन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले औपचारिक उद्घाट गरेपछि सञ्चालनमा आएको आयोजनाका सहायक प्रबन्धक प्रकाश राउतले बताए । उनका अनुसार लवनी सबस्टेसनमा शुक्रबारबाटै लोड दिइएको छ ।

गोरुसिंगे ‘नो लोड’ मा चार्ज भएकोमा शनिबार लोड दिइने उनले बताए । ‘३३ केभी तौलीहवा–लवनी प्रसारण लाइन मुनिको जग्गाको विवादले सबस्टेसन सञ्चालन हुन पाएको थिएन,’ उनले ऊर्जा खबरसँग भने, ‘अवरोध हटाएपछि लोड दिएर चार्ज गर्न सम्भव भयो ।’ 

विश्व बैंकको ऋण लगानीमा पहिले नै बनेको ३३ केभी प्रसारण लाइन लामो समय नचलेपछि तारमुनीको जग्गामा स्थानीयले घर बनाएर बसेका थिए । सबस्टेसन निर्माणपछि लाइन सञ्चालन गर्न खोज्दा समस्या आएको थियो । 

यो सबस्टेसन सञ्चालन भएपछि लवनी क्षेत्रको वितरण प्रणालीमा सुधार भएको उनले बताए । यसअघि तौलिहवा सबस्टेसनबाट आएको ११ केभी लाइनबाट यस क्षेत्रमा विद्युतीकरण गरिएको थियो । वितरण लाइन लामो भएकाले विद्युत सेवा गुणस्तरीय थिएन । 

गोरुसिंगे सबस्टेसनबाट ३ वटा ११ केभी फिडर सञ्चालन गरिएको छ । पहिले यसक्षेत्रमा एउटै फिडरबाट विद्युत वितरण हुँदै आएको थियो ।

सबस्टेसन सञ्चालनमा आएसँगै गोरुसिंगे क्षेत्रको वितरण प्रणालीमा पनि सुधार हुने राउतले बताए । दुवै सबस्टेसन सञ्चालन भई वितरण प्रणालीमा सुधार हुँदा जिल्लाको ९ प्रतिशत विद्युत चुहावट खट्ने प्राधिकरणको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit