विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुख ढलेर ३३ केभी प्रसारण लाइनकाे पाेल भाँचिएपछि इलाम जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्र अन्तर्गत विद्युत वितरण भएकाे गोदकदेखि तिल्केनी सबस्टेसनसम्मको प्रसारण लाइनको पोल भाचिँदा विद्युत सेवा अवरुद्ध हुन पुगेकाे हाे । 

इलाम नगरपालिकामा  प्रसारण लाइनकाे पाेल  सिमलको रुख ढलेर भाचिँदा बिहान १० बजेदेखि विद्युत सेवा अवरुद्ध हुन पुगेकाे वितरण केन्द्र प्रमुख देगराज पौडेलले बताए । ‘रुख ढलेकाे प्रकृति हेर्दा कसैले काटेर ढालेकाे जस्ताे देखिन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, स्थानीयबासीले रुख काटेकाे नभइ ढलेकाे भनिरहेका छन् । रुख ढलेर प्रसारण लाइनकाे पाेलमा क्षति पुगेकाले विद्युत सेवा अवरुद्ध भएकाे छ।’

अहिले भाँचिएको पोलकाे स्थानमा नयाँ पाेल राख्ने कार्य भइरहेको पनि पौडेलले बताए । उनका अनुसार विद्युत सेवा सुचारु हुन अझै ३ घन्टा लाग्नेछ । विद्युत लाइन काटिँदा जिल्लाका अधिकांस क्षेत्रकाे सेवा प्रभावित भएको छ । वितरणा केन्द्र अन्तर्गत हाल ४८ हजार ग्राहकले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit