विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सिल्क पावर प्राइभेट लिमिटेडले ३२.८९३ मिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले ४२.८८ मेगावाटसम्मको विद्युत प्रवाह हुने सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो । 

कोशी प्रदेश अन्तर्गत सोलुखुम्बु जिल्लको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा निर्माणाधीन ४२.८८ मेगावाटको लुजा खोला जलविद्युत आयोजनाको स्वीचायार्ड देखि सोही जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा निर्माणाधीन १८ मेगावाटको राउजे खोला जलविद्युत आयोजनाको स्वीचायार्डसम्म सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त प्रसारण लाइन निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत पाउने लगतै प्रसारण लाइनको काम अघि बढाउने पनि कम्पनीले जनाएको छ । 

प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्र विभागमा वा प्रवद्र्धक कम्पनीमा आइपुग्ने गरी लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ । 

यस प्रसारण लाइन आयोजनाबाट करिब ४३ मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्नेछन । ३२.८९३ किलोमिटर लम्बाई भएको प्रसारण लाइनमा ८३ वटा टावरहरू खडा गरिनेछ । उक्त टावरहरूको अधिकतम उचाई २५ मिटर सम्म रहने तथा टावरहरूबीचको दुरी ४३.८२ मिटर देखि १२९०.१९ मिटर सम्म हुनेछ । 

प्रस्तावित आयोजना निर्माणको लागि कुल ५९.४२२ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये ८३ वटा टावारका लागि २.७८९ हेक्टर र आयोजनाका लागि ५६.४२२ हेक्टर जग्गा आवश्यक पर्नेछ । कम्पनीले उक्त प्रसारण लाइन आयोजनाको काम साढे २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३