विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले पदको दुरुपयोग गरी आफ्ना दाजु तथा भाइले सञ्चालन गरेकाे व्यवसायलाई फाइदा पुग्ने कुनै कार्य नगरेको बताएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गरी उनले आफूले गुणस्तरीय विद्युत् आपूर्तिका लागि आफ्नो पदीय जिम्मेवारी निष्ठाका साथ पूरा गरिरहेको दाबी गरेका हुन् ।

आफ्ना परिवारका सदस्यहरू (मुख्य रूपमा दाजु र भाइ) को प्रतिष्ठामा आघात पुर्‍याउने गरी समाचार तथा टीका–टिप्पणी आइरहेको भन्दै उनले विज्ञप्तिमा भनेका छन्– ‘यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरूले छानबिन गर्ने नै छन् ।’ 

उनले आफ्ना दाजुभाइले कानुनले दिएको अधिकार प्रयोग गरी स्वतन्त्र रूपले व्यवसाय गर्दै आएको पनि बताएका छन् । 

विज्ञप्तिमा भनिएको छ– ‘अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । के मेरा दाइ र भाइले स्वदेशमै व्यापार व्यवसाय नगरी विदेशिनु पर्ने हो ?’ 

उनले नेपाल विद्युत् प्राधिकरणका हरेक कामकारबाहीहरु पारदर्शी रुपमा भइरहेको दाबी गर्दै उनले अझै पारदर्शी रूपमा अगाडि बढाउने उल्लेख छन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३