विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ स्थिती गुम्बाका स्थानीयबासीले ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनामा तोडफोड र  आगजनी गरेका छन् । २०७९ साल फागुन १५ गते बिहान ११ बजे गुम्बाको मानेभञ्याङमा नेपाल विद्युत प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानीय एक बालिकाको मृत्यु भएपछि आक्रोशित  स्थानीयले आयोजनामा तोडफोड र आगजनी गरेका हुन् ।

स्थानीयको आक्रमणबाट आयोजनाको आवासगृह, कार्यालय भवन, निर्माण उपकरण तथा सामाग्रीमा तोडफोड र आगजनीबाट १२ करोड बढीको क्षति भएको प्रवर्द्धक सिता हाईड्रो पावर प्रालिका अध्यक्ष सीताराम तिमल्सिनाले बताए ।  स्थानीयको आक्रमणबाट आयोजनामा कार्यरत ७ जना कर्मचारी घाइते हुन पुगेका छन् । घाइते मध्ये एक जना इन्जिनियरको अवस्था गम्भिर छ । बाँकी जना उपचारपछि घर फर्किएका छन् । गम्भिर घाइते इन्जिनियरको भक्तपुरस्थित ठिमी अस्पतालमा उपचार भइरहेको छ ।

क्षतिको पुर्नस्थापना गरी आयोजना सुचारु गर्न कम्तिमा थप एक बर्ष लाग्ने र यसको कारणले उत्पादनको धकेलिने अवस्थाको सिर्जना भएको कम्पनीले जनाएको छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विद्युत ऊर्जाको क्षेत्रलाई यस्ता आपराधिक, उदण्ड र अराजक गतिविधिले निरुत्साहित गर्नुको साथै देश, विदेशमा नकारात्मक सन्देश प्रवाह हुने कम्पनीले जनाएको छ ।

आयोजनास्थलमा हुने यस्ता आपराधिक क्रियाकलाप हुन नदिन सरकारले आयोजनास्थलमा सुरक्षाको उचित प्रबन्ध गर्न र त्यस्त क्रियाकलापमा संलग्न आपराधिक जमातलाई कडाभन्दा कडा कानुनी कारबाहीको दायराभित्र ल्याएर उनीहरूबाटै पिडक पक्षलाई उचित क्षतिपूर्ती भराउने ब्यवस्था गर्न माग गरेको छ ।

निजी क्षेत्रका निर्माणाधीन आयोजनामा स्थानीयको भौतिक आक्रमण नरोकिएकाले जलविद्युतमा लगानी गर्दा थप जोखिम र असुरक्षा बढेको ऊर्जा उत्पादकहरूले बताएका छन् । गाउँमा विद्युत वितरण लाइनबाट भएको विद्युतीय दुर्घटनाका कारण आक्रोशित स्थानीयको भीडले उक्त घटनासँग सम्बन्ध नै नभएको न्यासेम खोलामा आक्रमण गरी क्षति पुर्याएपछि बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले घटनाको भत्सर्ना गरेको छ ।

विगतदेखि नै जलविद्युत आयोजनाहरूले यस्ता थुप्रै अप्रिय घटनाहरूको सामना गरिरहनुपरेको भन्दै इपानले यस प्रकारका आपराधिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा भयंकर नकारात्मक सन्देश प्रबाह हुनुको साथै  समग्र यो क्षेत्र निरुत्साहित हुने कुरातर्फ ईप्पानले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

विद्युत विकास विभागबाट २०७७ मंसिर ८ गते उत्पादन अनुमति लिएर अघि बढेको आयोजनाको करिब २५ प्रतिशत काम पूरा भएको थियो । अहिले २.३ किलोमिटर लामो सुरुङ, विद्युतगृह तथा सुरक्षित पर्खाल निर्माणको काम भइरहेको कम्पनीले जनाएको छ । आयोजनाबाट २०८१ असार १५ गतेदेखि व्यापारीक उत्पादन गर्ने कम्पनीकाे याेजना थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit