विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म विद्युत महसुल नबुझाउने कारागार कार्यालय कास्कीको लाइन काटेको छ । पोखरा वितरण केन्द्रले बारम्बार ताकेता गर्दा पनि महसुल नबुझाएपछि आइतबार (कात्तिक १९ गते) बिहान लाइन काटेको हो ।

केन्द्र अन्तर्गत सबैभन्दा बढी महसुल बक्यौता बाँकी भएको ग्राहकको लाइन काटेको केन्द्र प्रमुख राजिवकुमार सिंहले बताए । पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल संकलन गर्ने कामलाई तिव्र गतिमा अघि बढाएको छ ।

‘कारागारले कास्की जेल, कारागार कार्यालय कास्की, कारागार कार्यालय कास्की गरी ३ ग्राहकको नाममा विद्युत सेवा लिइरहेको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘यी ग्राहकबाट १९ लाख ८७ हजार ४८५ रुपैयाँ बक्यौता महसुल असुल गर्न बाँकी थियो ।’

केही दिनअघि नै लाइन काट्ने तयारी गरिएपनि कारागारले समय माग गरेकोले एक साता थप गरिएको थियो । तर, थप गरिएको समयभित्र बाँकी बक्यौता महसुल नबुझाएपछि लाइन काटिएको सिंहले बताए । अब, जरिवानासहितको बाँकी महसुल बुझाएपछि मात्र कार्यालयको लाइन जोडिनेछ ।

केन्द्रले शनिबार पनि ६० दिनभन्दा बढी बक्यौता बाँकी भएको १०७ ग्राहकको लाइन काटेको छ । यी ग्राहकले १२ लाख ९९ हजार ८३४ रुपैयाँ महसुल बुझाउन बाँकी थियो । यसैगरी, शनिबार नै ४७ ग्राहकले ५ लाख ३८ हजार ५८४ रुपैयाँ बक्यौता बुझाएपछि लाइन पुन जोडिएको छ ।

केन्द्रले अहिलेसम्म गण्डकी प्रदेशको महसुल नबुझाउने सबै सरकारी कार्यालयको लाइन काटि कारबाही गरिसकेको छ । नेपालमा विद्युत सेवा उपभोग गर्ने सर्वसाधारणले ६० दिनभन्दा बढी महसुल बक्यौता राख्नासाथ लाइन काटिने गरेको भएपनि सरकारकै कार्यालयहरूले भने लामो समय बक्यौता राख्ने गरेका छन् । पछिल्लो  समय प्राधिकरणले बक्यौता महसुल उठाउने कार्यलाई तदारुकताका साथ अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit