विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गरेको छ । कम्पनीले शुक्रबार (आज) बाट गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयरको बिक्री खुलाएको हो ।

प्रतिकित्ता १ सय रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरेर १ सय २० रुपैयाँ मूल्यमा सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ४ करोड ८९ लाख २४ हजार ७ सय २० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर निष्कासन गरिएको छ ।

निष्कासित सेयरमध्ये ८ हजार १ सय ५४ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीका लागि, २० हजार ३ सय ८५ कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ३ लाख ७८ हजार १ सय ६७ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम निष्कासित सबै कित्ताका लागि आवेदन दिन पाउने छन् । आवेदकले छिटोमा चैत २४ गते (मंगलबार) र ढिलोमा बैशाख ३ गतेसम्म आवेदन दिन पाउने छन् ।

सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले यसअघि स्थानीयका लागि छुट्याएको ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । स्थानीयका लागि भने प्रतिकित्ता सय रुपैयाँमा नै सेयर निष्कासन गरिएको थियो ।

कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको माथिल्लो हुग्दीले २०७१ चैतदेखि  विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीमा लगानी गर्ने समूहले नै ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit