images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–८ स्थित मनकामना इँटा उद्योगका मालिक (ग्राहक नम्बर २६८६४) ले नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि भौतिक आक्रमण गरेका छन् । उद्योगकका मालिक सुशीलकुमार शुक्ला, आनन्द शुक्ला तथा उनीहरूका भाइ भतिजाको समूहले प्राधिकरण कृष्णनगर वितरण केन्द्रमा कार्यरत ५ कर्मचारीमाथि गत शुक्रबार कुटपिट गरेको हो ।

उनीहरूले प्राधिकरणमा कार्यरत कोशदराम चौधरी, झपेन्द्र चौधरी, उमेशकुमार साह सरोज थारु र मथुरा प्रसाद चौधरीमाथि भौतिक आक्रमण गरेको वितरण केन्द्र प्रमुख कमर आलम खाँले बताए । उनका अनुसार ईटा उद्योगका मालिकको आक्रमणबाट कोशलराम, उमेशकुमार र सरोज घाइते भएका छन् । उनीहरूको कान तथा मुखबाट रगत आउन गरी निर्घात कुटपिट भएको छ ।

इँटा उद्योगका मालिकले हुकिङ गरेर विद्युती चोरी गरिरहेको खबर पाएपछि त्यहाँ पुगेका कर्मचारीमाथि आक्रमण भएको वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका अनुसार ईटा उद्योगले २ लाख १९ हजार २ सय ४७ रुपैयाँ बराबरको विद्युत महसुल नतिरेपछि लाइन काटिएको थियो ।

प्राधिकरणले महसुल उठाउन लाइन काटे पनि इँटा उद्योगले हुकिङ गरेर विद्युत चोरी गरिरहेको थियो । विद्युत चोरी गरिरहेको अवस्थामा पुगेको वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले उद्योगमा जडित मोटर निकालेर फर्किने क्रममा उनीहरूमाथि भौतिक आक्रमण भएको वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रले काममा खटिएका कर्मचारीमाथि दिउँदै हातपात भएकाले घटनाको छानबिन गरी दोषी उपकर कानुन बमोजिम कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय तौलिहवा समक्ष माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit