विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काभ्रेपलाञ्चोकको तेमालमा विद्युतीय (इन्डक्सन) चुलोको प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ । विद्युतीय चुलोको प्रयोग गर्ने बारेमा धेरैले चर्चा मात्रै गरेपनि तेमालका स्थानीयले भने प्रयोग बढाउँदै लगेका छन् ।

‘चुलोको प्रयोगमा हामीले काम गर्यो, यसबाट असाध्यै राम्रो प्रतिक्रिया पाएका छौ, अहिले माग धान्नै गाह्रो भएको छ’ तेमालका कल्पना लामाले सुनाइन ।

तेमाललाई धुवाँमुक्त बनाउने र स्वच्छ चुलोको प्रयोग बढाउने उद्देश्यले गत वर्ष ६ सय वटा विद्युतीय चुलोे वितरण गरेको सुनाउँदै लामाले यही चैत १० गते थप एक हजार  विद्युतीय चुलो उपलब्ध गराउने तयारी भइरहेको बताइन् । लामा तेमलालाई धुवाँमुक्त बनाउने अभियानका स्वयंसेवी हुन् । 

विद्युतीय चुलोले गृहिणीलाई धेरै राहत दिएको लामाको अनुभव छ । ‘नाराले होइन कामले अभियान साकार पार्नुपर्छ’, उनले भनिन्, ‘मासिकरुपमा अधिकतम ६ सय ४० रुपैयाँ बराबरको बिजुली मात्रै खर्च भएको आफ्नै अनुभव छ ।’

तेमालमा करिब ५ हजार ५ सय घरधुरी छन् । सबैले विद्युतीय चुलो प्रयोग गर्ने इच्छा व्यक्त गरेका छन् । सबैलाई क्रमैसँग आधुनिक ऊर्जाको पहुँचमा पुर्याउने सपनामा रहेको लामाले बताइन् ।

चुलोमा कुनै समस्या आए, त्यसको मर्मतसंभारका लागि गाउँमै एक जनाले मर्मत केन्द्र खोलेका छन् । त्यसबाट रोजगारी पनि भएको छ । चुलो प्रयोग गर्ने तरिका देखाएपछि सबैले विश्वास गरे ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङनै तेमाल पुगेर विद्युतीय गाउँको घोषणा गरे । यसको प्रयोग बढाउन कल्पनाले गरेको मेहनत सजिलो थिएन । उता गाउँको बिजुलीको संरचना भने बलियो थिएन । ट्रान्सफर्मरको अवस्था पनि उस्तै । अनेक प्रयास गरेर वितरण लाइन र ट्रान्सफर्मरको क्षमता वृद्धि भएको छ ।

कूल ५० केभीए क्षमताको ट्रान्सफर्मर फेरेर १०० केभीएको राखिएको । ट्रान्सफर्मरले कति चुलो चलाउन सकिन्छ भनेर अध्ययन गरेर गाउँटोलटोलमै पुगेर सार्वजनिक कार्यक्रम आयोजना गरी सिकाएपछि सबैले चुलोप्रति रुची देखाएको लामाले सुनाइन ।

अहिले दाउरा खोज्न जङ्गल जानुपर्ने बाध्यता हटेको छ । गाईबस्तुलाई कुँडो पकाउने दाउरा काट्न कसैलाई हतारो छैन । त्यसमाथि छिट्टै खाना पाक्ने भएकाले समयको बचतसमेत भएको छ । वातावरणको संरक्षणसँगै मानवीय स्वास्थ्यमा समेत सकारात्मक प्रभाव परेको लामाको अनुभव छ ।

विद्युतीय चुलोका लागि अजम्बरी फाउण्डेनले अनुदानसमेत उपलब्ध गराएको छ । प्रतिचुलो दुई हजार रुपैयाँ बराबरको अनुदान पाउने व्यवस्था गरिएको छ । यस्तै, छ महिनासम्मको विद्युत महसुलसमेत सोही संस्थाले तिरिदिन्छ ।  पाँच लिटर बराबरको कुकर र ताप्केसमेत उपलब्ध हुन्छ ।

तेमालका एलपी ग्यास लैजान असाध्यै गाह्रो थियो । बजारमा प्रतिसिलिण्डर एक हजार ५ सय ७५ पर्छ । तर, तेमाल पुग्दा त्यसको मूल्य दुई हजार रुपैयाँ पुग्थ्यो । त्यसको तुलनामा विद्युतीय चुलोे झण्डै ६० प्रतिशत बराबर सस्तो परेको छ । आफ्नो आठ जनाको परिवारको मासिक खर्च ६ सय को हाराहारीमा हुने गरेको जानकारी दिँदै लामाले ग्यास महिनामा एक सिलिण्डर सकिएको हिसाबसमेत सुनाइन् ।

गाउँको व्यवस्थित विद्युतीकरणका लागि एक हजार ९ सय ४४ वटा फलामको पोल उपलब्ध भइसकेको छ । बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री रत्न ढकाललगायतले विद्युतीकरणका लागि १ करोड १८ लाख रुपैयाँ बराबरको बजेट उपलब्ध गराएका छन् ।

विगतमा विद्युतीय चुलोेमा खाना पकाउँदा स्वाद नभएको बताउने यतिबेला सुविधा पाएर असाध्यै खुसी भएको विवरण सुनाउँदै लामाले भने ‘आजकल त जिल्लाका अन्य क्षेत्रबाट समेत माग आएको छ ।’

सरकार, गैरसरकारी संस्था तथा सरोकार भएका सबै निकायले अभियानको रुपमा नै विद्युतीय चुलोेको प्रयोगलाई बढावा दिन लाग्नुपर्ने बताईन । नारा लगाएर मात्रै खाना पकाउने एलपी ग्यासको विस्थापन हुन नसक्ने भन्दै आफ्नो गाउँमा आएर हेर्न र सिक्न आग्रह गरिन् ।

ललितपुरको महाँकाल गाउँपालिकाले पनि ४० प्रतिशत अनुदान दिएर पालिकाका दुई हजार २ सय घरमा विद्युतीय चुलोे उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल बताए । गाउँपालिकाले घरको वाइरिङ प्रणालीको सुदृढीकरणका लागि सहयोग गर्यो । ट्रान्सफर्मरको क्षमता वृद्वि गर्यो । विद्युतीय चुलोे कसरी प्रयोग गर्न सकिन्छ भनेर सार्वजनिकरुपमा जानकारी गराएको छ ।

धुवाँरहित बस्ती बनाउन एक करोड २० लाख रुपैयाँ खर्च भएको छ । डलर तिरेर खरिद गर्नुपर्ने पेट्रोलियम पदार्थको आयात घटाउन सबैले प्रयास गर्नुपर्ने दहालले बताए । पालिकाले दाउरा, ग्यास र विद्युतीय चुलोेमा खाना पकाउँदा के कति लागत पर्दाेरहेछ भनेर अध्ययन गर्दा समय र लागतका हिसाबले सबैभन्दा महँगो दाउरा नै देखियो । यस्तै, ग्यासमा खाना पकाउँदा हरेक पटक १३.५० रुपैयाँ खर्च भयो भने विद्युतीय चुलोेमा खाना पकाउँदा ६.५० रुपैयाँ रुपैयाँ मात्रै खर्च लाग्ने गरेको दहालले बताए ।

गाउँपालिकाले विद्युतीय चुलोेको उपयोग राम्ररी भएको छ वा छैन भन्ने बारेमा अनुगमन संयन्त्र बनाएको छ । ‘ठीक ढङ्गले चल्यो चलेन वा के कति खर्च भयो भनेर हामीले अनुगमन गर्ने गरेका छौ, यसबाट सकारात्मक परिणाम पाएका छौ’, उनले भने, ‘उपभोक्तालाई शिक्षा सबैभन्दा ठूलो विषय हो, गाउँपालिका यसमा लागि परेको छ ।’

दाउराले खाना पकाउँदा पानी उम्लन १५ मिनेट, ग्यासमा १० मिनेट र विद्युतीय चुलोेमा भने दुई मिनेट लाग्ने अनुभव सुनाउँदै अध्यक्ष दाहालले भने ‘स्वास्थ्यमा हुने फाइदा, वातावरण संरक्षणमा पुगेको योगदानको हिसाब गर्ने हो भने ठूलो योगदान पुगेको छ ।’

विद्युतीय चुलोे अभियानमा लागिपरेका नारायण ज्ञवालीका अनुसार ५६ लाख घरधुरी नै स्वच्छ ऊर्जाको पहुँचमा पुग्ने वातावरण बनाइनुपर्छ । विद्युतीय चुलोे सफा, सजिलो, छिटो, किफायती, स्वस्थकरसमेत हुने भएकाले नारा मात्रै दिएर नभई योजनाबद्ध रुपमा नै लाग्नुपर्ने ज्ञवालीको भनाइ छ ।

उपयोग बढाउनका लागि बिजुलीको महसुल घटाउनुपर्ने ज्ञवालीको भनाई छ । घरमा जडान भएको मिटर र फ्युजको क्षमतासमेत बढाउन आवश्यक छ । यस्तै, वितरण प्रणाली र ट्रान्सफर्मर पनि उच्च क्षमताको राख्नुपर्ने सुझाव दिँदै ज्ञवालीले देशभित्रै इन्डक्सन चुलोेको कारखाना खोल्नेतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

देशभित्र कारखाना खोल्न सम्भव नभए खाना पकाउने एलपी ग्यासमा दिइएको अनुदान हटाउन र भन्सार महसुल नलाग्ने व्यवस्था गर्न सकिने उनको भनाई छ । आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनमा प्रमुख राजनीतिक दलले स्वच्छ ऊर्जाको प्रयोग बढाउनेसम्बन्धी नीति तथा कार्यक्रम बढाऊन् भन्ने उद्देश्यले नेपाल ऊर्जा प्रतिष्ठानले आज आयोजना गरेको छलफलमा विद्युत महसुलमा छुट गरी विद्युतीय चुलोको प्रयोग बढाउनुपर्नेमा जोड दिइएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अभियानको रुपमा नै विद्युतीय चुलोेको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै आएकी छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले दुगर्म क्षेत्रका विद्यार्थीलाई निःशुल्करुपमा विद्युतीय चुलोे उपलब्ध गराउने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit