विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसीले) नेपालका लागि इन्धनको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमले आइतबार विज्ञप्ति जारी गर्दै आइओसीले नयाँ मूल्य पठाएको जानकारी दिएको हो । 

आइओसीले नयाँ मूल्य पठाएसँगै निगमलाई आगामी १५ दिनमा करिब ५ अर्ब १९ करोड रूपैयाँ घाटा हुने देखिएको विज्ञप्तिमा उल्लेख छ । आइओसीले पठाएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २३.०२ रूपैयाँ र डिजेलमा ४०.१३ रूपैयाँ घाटा हुने देखिएको छ । हाल पेट्रोल लिटरको १६० र डिजेल १४३ रूपैयाँमा बिक्री भइरहेको छ ।

त्यस्तै, प्रतिसिलिन्डर एक हजार ६ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा निगमलाई १०५०.१८ रुपैयाँ घाटा हुने निगमले जनाएको छ । 
निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ । मट्टीतेलमा प्रतिलिटर २.८१ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १२.६४ रूपैयाँ र बाह्यतर्फ ६४.६९ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ ।

आइओसीले यसअघि पनि (बैशाख ३ गते) नेपालका लागि इन्धनको नयाँ मूल्यसूची पठाएको थियो । वैशाख ३ को मूल्यअनुसार निगमलाई १५ दिनमा करिब तीन अर्ब ७४ करोड रूपैयाँ घाटा हुने देखिएको थियो । वैशाख १८ गते आइतबारको नयाँ मूल्य आएसँगै अब घाटा पाँच अर्ब नाघ्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit