विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वदेशी लगानीमा निर्माण हुन लागेको १०६ मेगावाटको अर्धजलाशय जगदुल्ला जलविद्युत आयोजनाको निर्माण छिटो सुरु गर्न ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयले निर्देशन दिएकाे छ । स्थलगत अवलाेकन भ्रमणमा गएकाे मन्त्रालयकाे टाेलीले आवश्यक तयारी पूरा गरी छिटाे काम सुरु गर्न निर्देश गरेकाे हाे ।

मन्त्रालय ऊर्जा महाशाखाका सहसचिव मधुप्रसाद भेटुवाल, आयाेजना प्रमुख सहितकाे टाेलीले गत साता आयाेजनास्थलकाे निरिक्षण तथा अवलाेकन गरेकाे थियाे । अवलाेकनका क्रममा भेटुवालले देशलाइ अर्धजलाशय आयाेजनाकाे खाँचाे परेकाे हुँदा यसलाइ सक्दाे चाँडाे निर्माणमा लैजानुपर्ने बताए ।

आयोजनाको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा भेटुवालले आयोजनाको प्रगतिलाई थप अद्यावधिक गरी तत्कालै मुख्य निर्माणको काम सुरु गर्न पनि निर्देशन दिएका छन् । साथै, कर्णाली प्रदेशका ऊर्जा मन्त्रीसँग छलफल गरी आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोगका विषयमा छलफल गर्नुपर्ने उनकाे धारणा थियाे ।

डाेल्पामा निर्माण हुने आयोजनाको विद्युतगृह मुड्केचुला गाउँपालिका–४, इलमा निर्माण हुने तथा जगदुल्ला गाउँपालिका वडा नम्बर १ र २ मा बाँध निर्माण हुने अध्ययनले देखाएकाे छ । काम सुरु गरेकाे करिब ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको आयाेजनाकाे करिब ७.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित विद्युतगृहमा खसालिने छ ।

कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण १०६ मेगावाटमात्र विद्युत् उत्पादन गर्न सकिने गरी क्षमता अद्यावधिक (अप्टिमाइजेसन) गरिएकाे आयाेजनाले जानकारी दिएकाे छ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार आयोजना सम्पन्न गर्नका लागि १९ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसअघिकाे अनुमानित लागत २२ अर्ब रुपैयाँ थियाे । आयोजना सम्पन्न भएपछि वार्षिक ६१५.३२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादीत विद्युत ४५ किलोमिटर लामो प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको नलगाड सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit