विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशभरको ३.१८ प्रतिशत जनसंख्यामा नवीकरणीय ऊर्जाका विभिन्न स्रोतको विद्युत पहुँच पुगेको छ। राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा नपुगेका दुर्गम गाउँमा नवीकरणीय ऊर्जाका वैकल्पिक स्रोतबाट विद्युत पहुँच पुर्याइएको हो । 

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण रिर्पोटअनुसार वैकल्पिक ऊर्जाका विभिन्न कार्यक्रममार्फत लघु तथा साना जलविद्युत, सौर्य र वायु ऊर्जाको स्रोतबाट दुर्गम गाउँमा विद्युतीकरण गरिएको छ । 

चालू आर्थिक वर्षको फागुनसम्म वैकल्पिक ऊर्जा अन्तर्गत लघु तथा साना जलविद्युत आयोजनाबाट ८०१ किलोवाट विद्युत उत्पादन भएको रिर्पोटमा जनाइएको छ । यस्तै, सौर्य तथा वायु ऊर्जाको स्रोतबाट २५० किलोवाट विद्युत उत्पादन गरी दुर्गम गाउँमा विद्युतीकरण गरिएको छ ।

आघिल्लो वर्ष यही अवधिमा सौर्य तथा वायु ऊर्जाका स्रोतबाट ५० किलोवाट विद्युत उत्पादन भएको थियो । यसैगरी, देशभरमा २२ सय ५५ वटा बायो ग्सास प्लान्ट जडान भएका छन् । अघिल्लो वर्ष यहि अवधिमा १७ सय ६६ वटा वायो ग्यास प्लान्ट जडान भएकामा यो वर्ष ४८९ बढी जडान भएको रिर्पोटमा उल्लेख छ ।

यो वर्ष दुर्गम गाउँमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान कार्य भने गत वर्षको तुलनामा घटेको छ । गत वर्ष २९ हजार ८ सय १६ घरधुरीमा घरेलु विद्युत सौर्य ऊर्जा प्रविधि जडान गरिएकोमा यो वर्ष ६ हजार ३ सय २९ घरधुरीमा मात्रै सौर्य ऊर्जा प्रविधि जडान गरी विद्युत पहुँच पुर्याइएको मन्त्रालयले जनाएको छ ।

विद्युत बाहेक ३६ प्रतिशत जनसंख्याले विभिन्न प्रयोजनका लागि नवीकरणीय ऊर्जाको उपयोग गर्दै आइरहेको पनि मन्त्रालयको रिर्पोटमा उल्लेख गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गत दुर्गम ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरण गर्न विभिन्न खाले अनुदानका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

केन्द्रको अनुदानमा बनेका लघु तथा साना जलविद्युत, सौर्य र वायु ऊर्जाका स्रोतबाट उत्पादन भएको विद्युतको जडित क्षमता ७२ मेगावाट पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit