विद्युत अपडेट

  • प्राधिकरण : १०२१९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०११४ मे.वा.घन्टा
  • आयात : ६१४ मे.वा.घन्टा
  • निर्यात : ९०८६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४३८०६ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १९३९ मे.वा.
२०७९ असोज २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ऊर्जा दक्षता उहिलेकाे खबर

काठमाडौं । सयपत्री हाइड्रो पावर लिमिटेडकाे सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणका लागि गत साउन १३ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि साझ ५ बजेबाट सकिन लागेको हो । 

आयोजना प्रभावित स्थानीयका लागि बिक्री नभएको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ लाख ६० कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन सेयरमध्ये ५ प्रतिशत हुन आउने अर्थात ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोषको लागि र ३ प्रतिशत अर्थात १४ हजार ४ सय २१ कित्ता सेयर कम्पनीको कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी, ६ लाख ७० हजार ५ सय ८६ कित्ता सर्वसाधारणका लागि आवेदन खुल्ला गरिएको छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धक तोकिइको छ । कम्पनीले बाग्लुङ जिल्लाको दरम खोलामा रहेको २.५ मेगावाटको दरम खोला–ए जलविद्युत केन्द्रले २०७३ असार १२ गतेबाट निरन्तर विद्युत उत्पादन गरिरहेको छ । आयोजनाका कुल लागत ५३ करोड ४५ लाख रहेको छ भने प्रतिमेगावाट लागत खर्च २१ करोड ३८ लाख खर्च भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit