विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्की जिल्लाको सार्दी खोलामा ४ मेगावाटको सार्दी जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको मन्दाकिनी हाइड्रो पावर कम्पनी लिमिटेडले करिब ३ करोड रुपैँया खुद नाफा कमाएको छ । कम्पनीले सार्वजानिक गरेको गत आर्थिक वर्ष २०७८।७९ कोे वित्तीय विवरण नाफा कमाएको देखिएको हो । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ९० लाख ७६ हजार २ सय ६६ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अघिल्लो आव २०७७।७८ को तुलनामा नाफा बढेको हो । अघिल्लो आवमा कम्पनीले १ करोड ५४ लाख ३८ हजार ९ सय ७६ रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको नाफा बढेसँगै विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । यो आवधिमा कम्पनीले विद्यूत बिक्री गरी ११ करोड ३६ लाख ८७ हजार ३ सय २२ रुपैयाँ आम्दानी गरेको छ भने अघिल्लो आवको यही समयअवधिमा कम्पनीले ९ करोड ६५ लाख ७१ हजार ११ रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै,  कम्पनीको अन्य स्रोतको आम्दानी अघिल्लो आवमा ३७ हजार २ सय ६९ थियो भने गत आवमा १ लाख ७९ हजार ५ सय ७१ रुपैयाँ रहेकाे छ । कास्की जिल्लाको सार्दी खोलामा ४ मेगावाटको सार्दी जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७४ मंसिर २३ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit