विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाले नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रलाई साढे १८ लाख रुपैयाँ बक्यौता बुझाएको छ । नगरपालिकाले सिँचाइ मिटरबाट विद्युत खपत गरेवापतको सो रकम बुझाएको हो ।

नगरपालिकाका मेयर शिव शंकर महतोले पालिका अन्तर्गतका ग्राहकले सिँचाइ मिटरबाट विद्युत खपत गरेबापत १८ लाख २२ हजार ६ सय १४ रुपैयाँ रकम बुझाएको केन्द्रका इन्जिनियर संयोग विश्वकर्माले बताए ।  नगरपालिकाले १४ वटा वडाका सिँचाइ महुसुल बक्यौता बुझाएको छ ।

‘नगरपालिका अन्तर्गतका केही ग्राहकले भने सिँचाइकाे महसुल आफैले बुझाएका थिए,’ उनले भने, ‘मिटर रिडिङ गर्दा बाँकी रहेका ग्राहकको बक्यौता नगरपालिकाले बुझाएको हाे ।’ आगामी दिनमा नगरपालिका अन्तर्गत सिँचाइ गरेबापत खपत भएकाे विद्युतकाे महसुल नगरपालिकाले नै तिर्नेछ ।

नगरपालिकाले किसानहरूको मिटर जडान गरेदेखि २०८० असारसम्मको बाँकी रहको बक्यौता बुझाएको हो  ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit