विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यो वर्ष तिहारको लक्ष्मी पूजाको दिन (कात्तिक १८ गते) विद्युतको उच्च माग १५ सय मेगावाट हाराहारीमा रहने प्रक्षेपण गरेको छ । आर्थिक गतिविधि बढेका बेलाको उच्च माग नै १६ सय मेगावाट नाघिसकेकाले लक्ष्मी पूजाको दिनको खपत १५ सय मेगावाट मात्र आउने देखिएको हो ।

प्राधिकरणले मंगलबार पत्रकार सम्मेलन गरी यो वर्षको लक्ष्मी पूजाको दिनको विद्युतको उच्च माग र आपूर्ति व्यवस्थापनबारे जानकारी दिएको हो । लक्ष्मी पूजाको दिन बढी विद्युत खपत हुने उद्योग धन्दा, कलकारखाना बन्द हुने हुँदा कुलेखानी जलाशयलाई भार नदिइकनै उच्च माग व्यवस्थापन गर्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

‘अहिले प्रसारण प्रणालीमा जडित क्षमता २ हजार मेगावाट माथि छ,’ उनले भने, ‘आन्तरिक उत्पादनले नै माग व्यवस्थापन गर्न सकिने हुँदा यो वर्ष तिहारमा वितरण प्रणालीमा कुनै समस्या हुँदैन ।’ उनले कुलेखानी जलाशयबाट चल्ने जलविद्युत आयोजना बाहेक पनि माग व्यवस्थापन गर्न १६ सय मेगावाट विद्युत अहिले प्रणालीमा रहेको बताए ।

प्रणालीमा पर्याप्त विद्युत उपलब्ध रहेकाले तिहार अवधिभर वितरण प्रणालीमा समस्या नआउने पनि उनले बताए । उनले तिहारभर निर्धक्क भई झिलिमिली बत्ती बाल्न उपभोक्ता वर्गमा आग्रहसमेत गरे ।

लक्ष्मी पूजाकाे दिनकाे माग अन्य समयकाे उच्च मागभन्दा कम हुने भए पनि अघिल्लाे वर्षकाे तुलनामा भने बढ्ने उनले बताए । अघिल्लो वर्षको लक्ष्मी पूजाको दिनको उच्च माग ११ सय ३२ मेगावाट थियो ।

अहिले सञ्चालनमा रहेका जलविद्युतगृह पूर्ण क्षमतामा चलिरहेकाले दिउँसो २ सय मेगावाट र रातिको समयमा ५ सय मेगावाट विद्युत ‘सरप्लस’ रहेको उनले बताए । कात्तिक महिनामा परेको झरीले प्राधिकरणका विद्युतीय संरचनामा ठूला क्षति पुर्याउँदा डेढ सय मेगावाटको औद्योगिक माग घटेर विद्युत खेर जाने अवस्था आए पनि अहिले सुधार भइसकेको बताए । यो वर्ष धेरै विद्युत खेर गइरहे पनि आगामी वर्ष खेर जाने अवस्था नआउने दाबी गरे ।

चितवनसहित तराईका जिल्लामा विद्युत आपूर्ति अनियमित हुनुमा स्थानीय नगरपालिका र सडकमा हुने काम मुख्य कारक रहेको प्राधिकरणले जनाएको छ । वितरण प्रणालीको सुधारका लागि निकसँग  सम्झौता भएसकेकाले चाँडै ३ हजार नयाँ ट्रान्सफर्मर खरिद गर्न लागिएको जानकारी प्राधिकरणले दिएको छ ।

तराईको औद्योगिक क्षेत्रमा माग अनुसारको विद्युत लोड दिन प्राधिकरणले काम गरिरहेको घिसिङले बताए । ‘उद्योगमा अझै खपत बढाउन सकिने ठाउँ छ । खपत बढाउनका लागि १३२ केभीको लोड लिन चाहाने उद्योगको प्रस्ताव प्राधिकरणले स्वीकृत गर्छ’ उनले भने । उनले विद्युतको हिउँदको माग व्यवस्थापन गर्न जलाशय र अर्धजलाशय जलविद्युत आयोजनाको सन्तुलन मिलाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit