विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
सुनसरी–मोरङ औद्योगिक करिडोरमा वर्षामा बर्सेनी विद्युत् ट्रिपिङ

काठमाडौँ । उद्योग संगठन मोरङले दैनिक रूपमा निरन्तर कैयौँ पटक भइरहेको विद्युत् सेवा अवरोध (ट्रिपिङ) को समस्याप्रति संवेदनशील हुन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ । वर्षायाम शुरु भएसँगै विद्युत् उत्पादन वृद्धि भई आपूर्ति निरन्तर हुने आश्वासन पाएको भए पनि हाल सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायीले दैनिक कयौँ पटक ट्रिपिङको पीडा भोगिरहनु परेको संगठनको भनाइ छ । 

प्राधिकरणले भारत तथा बंगलादेशमा विद्युत् निर्यात गरिरहँदा स्वदेशी उद्योग–व्यवसाय भने ट्रिपिङका कारण विद्युत् कटौतीको मार खेप्न बाध्य रहेको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए । ट्रिपिङले उद्योगको मेशिन बिग्रिने, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, मौजुदा जनशक्तिले काम नपाई त्यसै बस्नु परेको, जेनेरेटर सञ्चालन गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको, उद्योगी व्यवसायीको गुनासो सम्बन्धित निकायलाई बारम्बार सुनाउँदा समेत समस्या समाधानमा ठोस पहल नभएकोको भन्दै अध्यक्ष राठीले चिन्ता व्यक्त गरे ।  

‘सुख्खायामा विद्युत् अभाव र वर्षायाममा ट्रिपिङको मारले गर्दा उद्योगले ठूलो आर्थिक नोक्सानी व्यर्होर्नु परिरहेको छ,’ उनले भने, ‘विद्युत आपूर्तिमा देखिने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न विद्युत् प्राधिकरण सम्वेदनशील हुनुपर्छ ।’     

संगठनले यसअघि हरेक वर्ष सुख्खायाममा विद्युत् आपूर्ति अवरोध हुँदा उद्योग व्यवसायले भोग्नु परेको आर्थिक क्षतिको तथ्याङ्कसहित प्राधिकरणको बारम्बार ध्यानाकर्षण गराउँदा पनि समाधान नभएको भन्दै उनले दुःख व्यक्त गरे । 

‘यसको जिम्मेवारी कसले लिने ?,’ अध्यक्ष राठीले भने, ‘हाल देखिएको ट्रिपिङको समस्यालाई समाधान गर्न र आगामी सुख्खायाममा आउन सक्ने विद्युत् अभावको समस्यालाई सम्बोधन गर्न प्राधिकरणले अहिल्यैदेखि काम गरोस् ।’

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३