विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले करिब १४ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कास्कीमा सञ्चालनमा रहेको ४.५ मेगावाटको बिजयपुर–१ जलविद्युत केन्द्रको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित १४ करोड ३० लाख १६ हजार २ सय रुपैयाँ बराबरको १४ लाख ३० हजार १ सय ६२ कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्वार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

निष्कासन गर्न लागिएको सेयरमध्ये ५ करोड ७२ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६४ कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । बाँकी, ८ करोड ५८ लाख ९ हजार ८ सय रुपैयाँ बराबरको ८ लाख ५८ हजार ९८ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारी भइरहेको पनि कम्पनीले जनाएको छ । बोर्डबाट अनमति पाउनले लगतै पहिलो चरणमा स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको आयोजनाले २०६९ भदौ ५ गतेदखि नियमीत विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit