विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रार सम्बन्धी कार्यका लागि  ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनी र ग्लोबल आइएमई क्यापिटलबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा बिहीबार एक कार्यक्रमकाबीच हस्ताक्षर भएको छ । सम्झौता पत्रमा कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटी र ग्लोबल आइएमई क्यापिटलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् ।

सिन्धुपाल्चोकको भोटेकोसी नदीमा १०२ मेगावाटको मध्य भोटेकासी जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड रुपैयाँ छ । जारी पुँजी ६ अर्ब रुपैयाँ रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको स्वपुँजी लगानीको ४९ प्रतिशत विभिन्न चरणमा निष्कासन गरी बाँडफाँड गरेको थियो । २४ प्रतिशत सेयर कर्मचारी संचय कोषमा रकम संचय गर्ने संचयकर्ता कर्मचारीहरू, संस्थापक सेयरधनी रहेका चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, सिन्धुपाल्चोक हाइड्रोपावर, सिन्धु भोटेकासी हाइड्रो पावर र ऋणदाता संस्थाका कर्मचारीलाई पहिलो चरणमा निष्कासन गरी बाँडफाँड गरिएको थियो ।

यस्तै, दोस्रो र तेस्रो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र सर्वसाधारणका लागि  छुट्याइएको २५ प्रतिशत सेयर पनि निष्कासन गरी बाँडफाँडको कार्य सम्पन्न भइसकेको छ । दोस्रो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत (६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता) र तेस्रो चरणमा सर्वसाधारणका लागि १५ प्रतिशत (९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता) सेयर निष्कासन गरेर बाँडफाँड कार्य समेत सम्पन्न भइसकेको छ ।

सबै चरणको सेयर निष्कासन तथा बाँडफाँडको प्रक्रिया पूरा भइसकेकाले अब चाँडै नै दोस्रो बजारमा कारोबार सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको आयोजनाको करिब ७५ प्रतिशत निर्माण सम्पन्न भएको छ । पछिल्लो तालिकाअनुसार यो आयोजनाबाट अबको १ वर्षभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ ।

यो आयोजना अहिलेसम्ममा निर्माण सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने भए पनि २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल–भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरोको र कोभिड–१९को महामारीको चपेटामा परेका कारण ढिलाई हुन पुगेको छ । 

सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेक्का पाएको चिनियाँ ठेकेदार क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण पनि आयोजनाको निर्माण सम्पन्न हुने तालिका पटक–पटक प्रभावित हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit