विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल र भारतकाे उत्तर प्रदेश जोड्ने १३२ केभी मैनहिया–सम्पत्तिया सीमापार प्रसारण लाइन सञ्चालनमा आएकाे छ । आयातित विद्युत्‌लाई भरपर्दो र गुणस्तरीय पूर्वाधारमार्फत भित्र्याउने उद्देश्यले निर्माण गरिएको लाइनको काम सम्पन्न भएको हो ।

रुपन्देहीको सियारी गाउँपालिका नजिकै मैनहिया सबस्टेसनदेखि भारत उत्तर प्रदेश राज्यको सम्पत्तिया न्यू नौतनवा सबस्टेसनसम्म जोड्ने लाइनको निर्माण पूरा गरी चार्ज गरिएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए ।

२८.५ किलोमिटर लामो आयोजनामा ९५ वटा टावर निर्माण गरिएको छ । ‘यो आयोजनाअन्तर्गत नेपालतर्फ २८ किलोमिटर लाइन निर्माण गरिएको छ, भने बाँकी ५०० मिटर भारततर्फ पर्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘नेपालतर्फको लाइन ६ महिनाअघि नै चार्ज गरिएको थियो, भारतसँग जोडेर ५ दिनअघि (पुस १७ गते) मात्रै चार्ज भयो ।’

प्रसारण लाइनको उद्घाटन भोलि (पुस १९ गते) नेपाल र भारतका परराष्ट्रमन्त्री स्तरीय टाेलीले गर्ने भएकाे छ । उद्घाटन कार्यक्रमामा नेपालका तर्फबाट परराष्ट्र मन्त्री नारायणप्रसाद साउदकाे टाेली सहभागी हुने पाण्डेले बताए ।

यो प्रसारण लाइनबाट २०० मेगावाट विद्युत् प्रवाह हुनेछ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोले अन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज बनाउन १३२ केभी लाइन निर्माण गरिएको हो ।

करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकारको लगानी छ । मैनहिया सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन भारतसँगको सीमा बिन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण भएको छ ।

नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५ माघमा पोखरामा सम्पन्न छैटौँ बैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनवा–मैनहिया लाइन निर्माण गर्ने सहमति गरेको थियो ।

यसपछि २०७६ कात्तिकमा भारतको बैङ्लोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकले प्रसारण लाइनलाई न्यू–नौतनवा (सम्पत्तिया, भारत) सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit