विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मोलुङ हाइड्रो पावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ओखलढुंगामा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको ७ मेगावाटको मोलुङ खोला जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता सय रुपैयाँ अंकित ३५ करोड ३१ लाख रुपैयाँ मूल्यको साधारण सेयर निष्कासन गरेर बिक्री वितरण गर्ने प्रक्रिया सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार छुट्याइएको सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ८ लाख २ हजार कित्ता र सर्वसाधारणका लागि २७ लाख २९ हजार कित्ता निष्कासन गरेर बाँडफाँड गरिनेछ । 

कम्पनीले सेयर निष्कासन गरी बिक्री वितरण गर्न सनराइज क्यापिटललाई नियुक्त गरेको छ । सम्झौता भएसँगै अब सनराइज क्यापिटलले सेयर निष्कासनको प्रक्रियाका लागि काम सुरु गर्दैछ । सेयर निष्कासनको अनुमतिका लागि केही दिनमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

गत माघ १० गते सम्पन्न कम्पनीको ११औं वार्षिक साधारणसभाले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले लगानी गरेको आयोजनाले २०७४ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ । आयोजनाबाट वार्षिक ३५.७३ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit