विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले असहयोग गरेपछि लमजुङस्थित ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको विद्युत खेर गएको छ । चिनियाँ पक्षले आयोजनाको विद्युत प्रवाहका लागि असहयोग गरेका कारण उपकरण तथा संरचनाको परीक्षणपछि पनि विद्युत उत्पादन सुरु हुन नसकेको हो ।

प्रणालीमा जोड्न समस्या भएपछि बिगत १ महिनादेखि आयोजनाको विद्युत खेर गइरहेको प्रवद्र्धक न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । ‘हाम्रो आयोजना विद्युत उत्पादनका लागि तयारी अवस्थामा छ,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, वैकल्पिकरूपमा भुलभुले–मर्स्याङ्दी प्रसारण लाइनमा जोड्ने तयारी गरिएकोमा त्यो सम्भव नभएपछि विद्युत खेर गइरहेको छ ।’ 

उनले आयोजनाले सुख्खा याममा २० मेगावाट उत्पादन दिन सक्ने भए पनि सञ्चालन गर्न नपाउँदा भारतको विद्युत माथिको निर्भरता घटाउने योगदान गर्न नसकेको बताए । नेपाल विद्युत प्राधिकरणले न्यादीको विद्युत जोड्ने अनुमति दिन पत्राचार गरे पनि माथिल्लो मर्स्याङ्दी ‘ए’ को प्रवद्र्धक सिनो हाइड्रो सगरमाथाले मानेको छैन ।

सिनो हाइड्रो सगरमाथाले अनुमति नदिएको अवस्थामा आफैं एउटा सबस्टेसन निर्माण गर्नुपर्ने अवस्था आएको अमात्यले बताए । ‘अनुमति कुर्दा कुर्दै १ महिना त बितिसक्यो । अहिलेसम्म सकारात्मक संकेत देखिएको छैन । चिनियाँबाट अनुमति नमिलेमा अर्को सबस्टेसन बनाउनु पर्छ । त्यसका लागि ६ महिना लाग्छ’ उनले भने । आयोजनाको विद्युत जोड्न नपाउँदा बैंकको ब्याज तिर्न समस्या हुन थालेको कम्पनीले जनाएको छ ।

यसअघि आयोजनाको विद्युत २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको खुदी सबस्टेसनमा जोड्ने तय भएको थियो । खुदी सबस्टेसन निर्माणको चरणमा नै रहेकाले वैकल्पिकरूपमा मर्स्याङ्दी ‘ए’ को विद्युतगृहभन्दा तलको भुलभुले–मर्स्याङ्दी प्रसारण लाइनमा जोड्नु पर्ने भएको हो ।
लामो समय कोरोना (कोभिड–१९ ) महामारीका कारण प्रभावित हुन पुगेको आयोजनाको उत्पादन तालिका अहिले प्रसारण लाइनमा जोडिन नपाउँदा पनि प्रभावित भएको छ ।

आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक १६८।५५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना करिब ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च भएको अनुमान छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा नबिल, ग्लोबल आइएमई, हिमालय, सनराइज बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ऋण लगानी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit