विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो ५ महिनाको अवधिमा साढे ३ सय मेगावाटका जलविद्युत आयोजनाले उत्पादन अनुमति पाएका छन् । देशको विभिन्न ठाउँमा पहिचान भई अध्ययन पुरा भएका १६ आयोजनाले उत्पादन अनुमति पाएका हुन ।

२०७९ पुसदेखि २०८० बैशाखसम्ममा ३५४.०४ मेगावाटका १६ आयोजनालाई  उत्पादन अनुमति दिएको विद्युत विकास विभागले जनाएको छ । विभागका अनुसार ३ मेगावाटदेखि ४९ मेगावाटसम्मका आयोजनालाई अनुमति दिइएको छ ।

उत्पादन अनुमति पाएको आयोजनामध्ये सबैभन्दा ठुलो ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजना रहेको छ । लालुपाते हाइड्रो पावरले अध्ययन पुरा गरेको यस आयोजनाले २०८० बैशाख २१ गते उत्पादन अनुमति पाएको थियो । सांग्रीला ऊर्जा प्रालिले अध्ययन पुरा गरेको ४८ मेगावाटको छुजुङ खोलाले पनि अनुमति पाएको विभागको वेपसाइटमा उल्लेख छ । यस आयोजनाले २०७९ चैत २ गते अनुमति पाएको हो ।

यसैगरी, ४४ मेगावाटको सानीभेरी, ४० मेगावाटको भोटेकोसी-१, ३० मेगावाटको पलुन खोला-१, २२ मेगावाटको रोलवालिङ, २१ मेगावाटको पलुन खोला स्मल, २४ मेगावाटको लुजा खोला, २० मेगावाटको आँखु खोला-२ जलविद्युत आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको विभागले जनाएको छ ।

१४.५ मेगावाटको बुदुम खोला, १२ मेगावाटको मिस्त्री खोला-२, ९.३ मेगावाटको सिवाखोला, ६.०५ मेगावाटको तल्लो भिम खोला, ४.९ मेगावाटको माथिल्लो पिखुवा खोला, ४.५ मेगावाटको तल्लो इन्द्रावती, ३.३ मेगावाटको स्यार्पु जलविद्युत आयोजनाले उत्पादन अनुमति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit