images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दरौंदी नदी बेसिनमा उत्पादित विद्युत प्रवाह गर्ने उद्देश्यले अध्ययन गरिएको १३२ केभी दरौंदी कोरिडोर (केराबारी–मर्स्याङ्दी) प्रसारण लाइनको आइतबार (चैत १९ गते) शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले एक कार्यक्रमका बीच यस प्रसारण लाइनको शिलान्यास गरेका हुन् ।

गोरखाको सिरानचोक गाउँपालिका–१ मा १३२ केभीको केराबारी सबस्टेसन तथा सोही सबस्टेसनदेखि तनहुँको आँबुखैरेनी गाउँपलिका–२ स्थित न्यू–मस्र्याङ्दी (मार्कीचोक) सबस्टेसनसम्म करिब ३२ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्ने यस प्रसारण लाइनअन्तर्गत १०७ वटा टावर रहने जनाइएको छ । शिलान्याससँगै टावर नम्बर १९ बाट निर्माण सुरु गर्न लागिएको पनि कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्षसमेत रहेका सचिव घिमिरेले देशमा तीव्र गतिमा उत्पादन भइरहेको बिजुलीलाई लोड सेन्टरहरूमा पुर्याउनका निम्ति विभिन्न ठाउँमा प्रसारण लाइनहरू निर्माण भइरहेको र दोर्दी कोरिडोर त्यसैमध्येको रहेको बताए । ‘प्रसारण गुरुयोजना अनुसार ग्रिड कम्पनीले विभिन्न ठाउँमा निर्माण कार्यलाई तीव्रता दिइरहेको छ,’ उनले भने, ‘सरकारले सकेसम्म कम वातावरणीय क्षती हुने गरी सबै प्रवर्द्धकहरूले उत्पादन गर्ने विद्युत साझा लाइनबाट प्रवाह गराउने नीति लिएको छ ।’

प्रसारण लाइन निर्माणमा थप नीतिगत सुधारहरू समेत भइरहेको जानकारी दिँदै घिमिरेले ग्रिड कम्पनी तथा निर्माण व्यवसायीलाई आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिए । आयोजनालाई आवश्यक पर्ने सहयोगका लागि मन्त्रालय सदैब तत्पर रहने उनको भनाइ थियो ।

यसैगरी, कार्यक्रममा  ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवालीले छुट्टा–छुट्टै निर्माण गर्नुभन्दा साझा प्रसारण लाइन निर्माण गरी विद्युत प्रवाह गर्न प्राविधिक, आर्थिक तथा पर्यावरणीय दृष्टिकोणबाट उपयुक्त हुने बताए । ‘यस आयोजनाबाट दरौंदी तथा चेपे खोलामा निर्माण गरिने जलविद्युत आयोजनाहरू लाभान्वित हुनेछन्,’ उनले भने, ‘यो नदी कोरिडोरका धेरै विद्युत आयोजनालाई समेट्ने गरी बनाइएको साझा प्रसारण लाइन विकासको एक मोडेलको रूपमा स्थापित हुने विश्वास छ ।’

उता आयोजना प्रबन्धक देवेश सैंजुले यस प्रसारण लाइनले चेपे तथा दरौंदी खोलामा उत्पादन हुने करिब १२० मेगावाट क्षमता बराबरका आयोजनाहरू राष्ट्रिय प्रणालीमा आवद्ध गराउने बताए । यस्तै, गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले प्रसारण लाइनबाट हुने विविध क्षति न्यूनिकरण गर्न एकीकृत प्रसारण लाइन निर्माणमा ध्यान दिनुपर्ने बताए । साथै, जिल्ला प्रशासन कार्यालयबाट आयोजना निर्माणमा  आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

गोरखा नगरपालिकाका अध्यक्ष कृष्ण राना मगर तथा सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले निर्माणका क्रममा आयोजनालाई स्थानीय तहबाट आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । उक्त कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, अर्थ मन्त्रालयका सहसचिव रघुराम विष्ट, विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौत लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit