विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालि (एसएपिडिसी) माग गरेअनुसार मूल्य समायोजन गरी रकम सटही एवं स्थानान्तरण सुविधा दिनेबारे अध्ययन गर्न समिति गठन भएको छ । लगानी बोर्डका उपाध्यक्ष रहेका अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बोर्डको ११औँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना विकास गरिरहेको उक्त कम्पनीले आयोजनाका लागि अन्तर्राष्ट्रिय बजारबाट सामान खरिद गरी आयात गर्दा देखिएको वृद्धि (स्कालेशन) बराबरको रकमको मूल्य समायोजन गरी सटही तथा स्थानान्तरण गर्ने सुविधा दिन लगानी बोर्डसँग माग गरेको थियो । सोही माग बमोजिम मूल्य समायोजनबारे अध्ययन गर्न बोर्डको बैठकले समिति गठन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए ।

उनका अनुसार बैठकले अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो । त्यस्तै, आयोजना विद्युत् गृह जानका लागि पहुँच मार्गको रूपमा रहेको छ्याङ्कुटी–दिदिङ खण्डको सडक स्तरोन्नतीका लागि सम्बन्धीत निकायलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

त्यस्तै, होङ्सी शिवम् सिमेन्टको पहुँचमार्ग स्तरोन्नती गर्न सम्बन्धित निकायले बजेटको माग गरेकोले बजेट व्यवस्थापन गरिदिने निर्णय गरेको छ । बैठकमा विभिन्न परियोजनाहरुको विकासमा सहजीकरण गर्नुपर्ने देखिएकोले सबन्धित निकायले जिम्मेवार भई सहजीकरणमा तीव्रता दिन बैठकले निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३