विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आइओसीले पठाएको सुचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेर आएको हो ।

पेट्रोलमा प्रतिलिटर १.२१ रुपैया र डिजेलमा ५.५ रुपैयाँ घटेर आएको नेपाल आयम निगमले जनाएको छ । निगमका अनुसार मट्टितेलमा प्रतिलिटर ३.४० रुपैया र हवाई इन्धनमा भने प्रतिलिटर ७.३ रुपैयाँले घटेर आएको छ ।

पेट्रोलियम पदार्थका मूल्य घटेर आए पनि खाना पकाउने एलपि ग्यास भने प्रतिसिलिण्डर ३३९.६ रुपैयाँले बढेरका आएको छ । मार्च १ मा पठाएको सूचीअनुसार एलपिजी ग्यासको भने मूल्य बढेर आएको हो ।

यसअघि निगमले पठाएको सूचीअनुसार डिजलमा प्रतिलिटर ६.४० रुपैयाँ र पेट्रोलमा १.९७ रुपैयाँले घटेर आएको थियो । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समयमा माग र उत्पादन कटौतीले पेट्रोलिय पदार्थको मूल्य घटबढ भइरहेको छ ।

निगमले नेपाल सरकारको ऋण र आइओसीलाई फेब्रुवरी २०२२ मा तिर्नुपर्ने बक्यौता भुक्तानी गरी करिब १६ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी छ । आइओसीको बक्यौता एंव सरकारद्धारा उपलब्ध ऋणको व्यवस्थापन गर्न चुनौति रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit