विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माण भइरहेको ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजनको काम ५० प्रतिशत पूरा भएको छ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले २०७८ असोजदेखि निर्माण सुरु गरेको उक्त आयोजनाको २९९ मिटरकाे ठाडाे सुरुङकाे निर्माण सकिएसँगै करिब आधा काम सकिएको हो ।

देशकाे सबैभन्दा बढी उचाइमा निर्माण भइरहेकाे याे आयोजनाको बाँध, विद्युतगृह र सुरुङको काम तीव्र गतिमा भइरहेको कम्पनीका कार्यकारी अध्यक्ष टिएन आचार्यले बताए । उनका अनुसार २९९ मिटरको ठाडो सुरुङ (भर्टिकल साफ्ट) को ब्रेक थ्रु भइसकेकाे छ ।

दुई वटा खाेलाकाे पानी मिसाएर विद्युत उत्पादन गर्ने हुँदा आयोजनाको हेड वर्क्स पनि दुई वटै रहेको छन्, उनले ऊर्जा खबरसँग भने, ‘लिखु खोलाको गोण्डाखर्कमा निर्माणधीन हेडवर्क्सको काम ९० प्रतिशत सकिएको छ भने नुप्चेको छाँगेमा निर्माणाधीन हेड वर्क्सको १० प्रतिशतमात्र काम भएको छ । अहिले दुवैतर्फको हेड वर्क्सको काम धमाधम भइरहेको छ ।’

अहिलेसम्म विद्युतगृको ७५ प्रतिशत काम पूरा भएको छ भने ७४५० मिटर लामो मुख्य सुरुङमध्य ३३०० मिटरको काम सकिएको  छ । कोरोना महामारीका कारण निर्माण तालिका केही फेरबदल गर्नु परे पनि विद्युत उत्पादन गर्नुपर्ने अवधि २०८१ साल भदौ १ गतेभित्रै सबै काम पूरा गर्ने कम्पनीको प्रतिबद्धता छ । सिभिल निर्माणको ठेकेदार सोनाम इन्फ्रास्ट्रक्चर कम्पनीले समेत लक्षित समयावधिभित्र काम पूरा गर्न सकिने जनाएको छ ।

अहिलेसम्म निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनामध्ये नुप्चे–लिखु सम्भवतः सबैभन्दा उच्च हिमाली क्षेत्रमा पर्दछ । यसको बाँध समुद्र सतहदेखि ३३४० मिटर उचाईमा र विद्युतगृह करिब २६०० मिटरमा निर्माण भइरहेको छ । हिमाल पानीको स्रोत भएकाले आयोजनाबाट वार्षिक ३८१ गिगावाट प्रतिघन्टा ऊर्जा (३८ करोड १० लाख युनिट) उत्पादन हुने अध्ययनले देखाएको छ । क्यू ४५ मा डिजाइन गरिएको यो आयोजनाबाट पहिलो वर्ष २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि २४ किलोमिटर दूरीमा निर्माण भई सञ्चालनमा रहेको गर्जाङ सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्मको १३२ केभी  प्रसारण लाइन भदौदेखि निर्माण सुरु गर्ने कम्पनीले जनाएको छ । 

१० अर्ब ५७ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ । नुप्चे–लिखुमा माछापुच्छ्रे बैंकको नेतृत्व तथा हिमालयन बैंकको सह–नेतृत्वमा बैंक अफ काठमाडौं, राष्ट्रिय वाणिज्य, कुमारी, कृषि विकास, एनसिसी लगायत ९ बैंकले लगानी गरेका छन् ।

आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ५० करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । निजी क्षेत्रले निर्माण गर्ने आयोजनामा सरकारी कम्पनीले स्वपुँजी लगानी गरेको यो पहिलो आयोजना हो । यही कारण आयोजना बढी प्रतिफलयुक्त, कम जोखिमपूर्ण र दक्ष व्यवस्थापन तथा सुशासनयुक्त देखिएको छ । आयोजनाले साधारण सेयर निष्कासन गर्ने तायरी गरेको पनि कम्पनीले जानकारी दिएको छ । 

आयोजनाको थप विवरण

आयोजनको नाम: नुप्चे–लिखु जलविद्युत आयोजना

प्रवर्द्धक: भिजन इनर्जी एन्ड पावर लिमिटेड

आयोजनास्थल: रामेछाप

क्षमता: ५७.५ मेगावाट

निर्माण सुरु भएको मिति: २०७८ असोज

सुरुङ: ७४५० मिटर

प्रसारण लाइन: १३२ केभी, २४ किलोमिटर

विद्युत जोडिने स्थान: गर्जाङ खिम्ती १३२ केभी सबस्टेसन

अनुमानित लागत : १० अर्ब ५७ करोड ८० लाख रुपैयाँ

लगानी संरचना: ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit