विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले केराबारी–न्यु मर्स्याङदी १३२ केभी (दरौदी कोरिडोर) प्रसारण लाइनको टावर प्याड निर्माणका लागि जग्गा अधिग्रहण गर्ने भएको छ । कम्पनीले निजी, सरकारी तथा सार्वजनिक जग्गा अधिग्रहण गर्ने भएको हो ।

जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना प्रकाशित गर्दै टावरले ओगट्ने जग्गा धनीलाई मुआब्जाको प्रक्रियाका लागि सम्पर्कमा आउन आग्रह गरेको छ । आयोजनाको सिमाकंनमा पर्ने जग्गाहरूको आफैं वा वारेस मार्फत मुआब्जा दाबी गर्न, आफ्नो हकदैया भोगचलन र जग्गाको विवरण छुट भएमा, फरक परेमा सो सम्बन्धी आफ्नो नक्सा प्रमाण (जग्गाधनी पुर्जा, तिरोको रसिद, नागरिकताको प्रतिलिपि) सहित रितपूर्वक ३० दिनभित्र सम्बन्धित पालिकाको वडा कार्यालयहरूमा निवेदन दिन सूचनामा भनिएको छ ।

यो प्रसारणलाइन गोरखाको सिरानचोक गाउँपालिका , गोरखा नगरपालिका र पालुङटार नगरपालिकाभित्र परेको छ। प्रसारणलाइनका टावरले ओगट्ने जग्गा साबिकका केराबारी, जौबारी, थालाजुङ, हर्मी, छोप्राक, खोप्लाङ, मिरकोट, देउराली, गाविसका १२० जनाको निजी छन् । केही ठाउँ सरकारी तथा सार्वजनिक जग्गाहरू समेत परेका छन् ।

प्रशासन कार्यालयले टावर निर्माण गर्न आवश्यक पर्ने २०६ जग्गाधनीको विवरण सार्वजनिक गरेर मुआब्दा दाबी गर्न साउन १६ गतेभित्र निदवेदन पेश गर्न आग्रह गरेको छ ।

प्रसारण लाइन र केराबारी सबस्टेसन निर्माण पूरा गर्न करिब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको काम आर्थिक वर्ष २०७९/८० भित्र पूरा गर्ने कम्पनीकाे लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit