विद्युत अपडेट

  • प्राधिकरण : ९६७० मे.वा.घन्टा
  • सहायक कम्पनी : १८१९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२३९ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २४००६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७४१०४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०८ मे.वा.
२०८३ साउन २१, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

गण्डकी । प्रदेश सरकारले आधारभूत विद्युत् सुविधामा सबै नागरिकको पहुँच सुनिश्चितताका लागि ‘उज्यालो गण्डकी’ अभियान सञ्चालन गरेको छ। ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले चालु आर्थिक वर्षमा ‘उज्यालो गण्डकी’ घोषणा गर्ने तयारी भए पनि शून्य दशमलव पाँच प्रतिशत घर अझै बिजुलीको पहुँचबाहिर रहेका बताएको छ।

नवलपुरको बौँदीकाली, बुलिङटार र तनहुँको देवघाट क्षेत्रमा विद्युत् सेवा विस्तारको काम बाँकी रहेको मन्त्रालयका इन्जिनियर जीवन श्रेष्ठले बताए। 'नवलपुरमा विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणले जिम्मा लिएको छ, प्रदेशले बजेट पनि उपलब्ध गराइसकेको छ', उनले भने, 'प्राधिकरणले काममा ढिलाइ गरेकाले चालु आवमा ‘उज्यालो गण्डकी’ घोषणा हुन सकेन, तनहुँमा पनि प्राधिकरणले आफ्नै आयोजनाबाट तीन सय ७० घरमा विद्युत् सेवा पुर्‍याउन बाँकी छ।'

आगामी भदौभित्र दुवै जिल्लामा बाँकी रहेका घरमा विद्युत् सुविधाको पहुँच सुनिश्चितता भएपछि ‘उज्यालो गण्डकी’ घोषणा गरिने ऊर्जा शाखा प्रमुख श्रेष्ठले बताए।

बर्सेनि सरकारको नीति, कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी’को लक्ष्य आगामी आवभित्रमा हासिल हुने मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३