images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सानिमा माई हाइड्रो पावर लिमिटेडले करिब ३१ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यका लागि आर्थिक वर्ष २०७९/८० मा आर्जन गरेको नाफाबाट बोनस सेयर दिने घोषणा गरेको हो ।

कम्पनीले चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ३० करोड ८९ लाख २५ हजार १ सय रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो । यसैगरी, प्रस्तावित बोनस सेयरको कर प्रयोजनाका लागि ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ५९ हजार २ सय १५ रुपैयाँ नगद लाभांस दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको २२ मेगावाटको माई खोला र ७ मेगावाटको माई क्यासकेड जलविद्युत आयोजना सञ्चालनमा छ । माई खोलाले २०७१ फागुनदेखि र माई क्यासकेडले २०७२ माघदेखि नियमीत विद्युत उत्पादन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit