images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशको विभिन्न ठाउँमा जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गरिरहेका ३ जलविद्युत् कम्पनीले साढे १ करोड कित्ता बढीको सेयर निष्कासन गर्ने भएका छन् । यी कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् ।

कम्पनीले आयोजना प्रभावित स्थानीय, सर्वसाधारण र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि सेयर निष्कासन अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।

३ कम्पनीले १ करोड ६८ लाख ३४ हजार ७ सय ९७ कित्ता साधारण सेयर निष्कासनको माग गर्दै आवेदन दिएको बोर्डको तथ्याङ्क छ । बोर्डका अनुसार आवेदन दिएकामध्ये सबै भन्दा बढी लाफिङ बुद्ध पावर नेपाल लिमिटेडको रहेको छ ।

यो कम्पनीले ६५ करोड ७७ लाख रुपैयाँ बराबरको ६५ लाख ७७ हजार कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको सिन्धुपाल्चोकामा ३ मेगावाटको चाकु खोला, १.६९ मेगावाटको मध्य–चाकु खोला र १.८ मेगावाटको तल्लो चाकु खोला जलविद्युत् आयोजना सञ्चालनमा छन् ।

रिज लाइन इनर्जी लिमिटेडले पनि ५८ लाख ४ हजार २ सय १ कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीको ९.५ मेगावाटको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माणाधीन छ ।  कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यसैगरी, विकास हाइड्रो पावर कम्पनी लिमिटेडले ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । बोर्डबाट स्वीकृत प्राप्त हुने लगत्तै कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit