विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युतको उच्च माग बढेर १७ सय मेगावाट पुग्न लागेको छ । शुक्रबार (अस्ति) यसअघिको उच्च मागको रेकर्ड पार भई १६९१ मेगावाट विद्युत खपतको नयाँ रेकर्ड कामय हुन पुगेको हो ।

उद्योगधन्दा पूर्णरूपमा सञ्चालन हुँदा, तराईका जिल्लामा तापक्रम बृद्धि भई एसी, पंखा लगाएतका विद्युतीय उपकरणको उपयोग बढेकाले विद्युतको उच्च माग पनि बढ्न पुगेको नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभागले जनाएको छ । विभागका अनुसार शुक्रबार इतिहासकै बढी विद्युत खपत भएको हो ।

अहिले विभिन्न नाकाबाट १ सय मेगावाट हाराहारीमा नेपालको विद्युत भारततर्फ गइरहेकाले त्यसलाई पनि खपतमा जोडिएको विभागले जानकारी दिएको छ । शुक्रबार विद्युत प्राधिकरणको १०६८५ मेगावाट घन्टा, प्राधिकरणका सहायक कम्पनीको ८४६७ मेगावाट घन्टा, निजी क्षेत्रको १२४८४ मेगावाट घन्टा आन्तरिक उत्पादन र भारतबाट आयात भएको १७३ मेगावाट घन्टा विद्युतबाट माग र आपूर्ति व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

यही अवधिमा नेपालको १३२ केभी रक्सौल–परवानीपुर, कुशाहा–कटैयालगायतका प्रसारण लाइनमार्फत भारततर्फ पनि १५२७ मेगावाट घन्टा विद्युत निर्यात भएको छ । यसअघि बिहीबारको उच्च माग १६०६ मेगावाट हाराहारीमा थियो ।

आन्तरिक उत्पादन बढेकाले अहिले भारतबाट आउने विद्युत परिमाण भने घटेको छ । हिउँदमा साढे ८ सय मेगावाट हाराहारीमा विद्युत आयात भएकोमा अहिले भारतको बिहार राज्यमा निर्यात भइरहेको छ ।

कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरका बेला १ हजारदेखि १२ सय मेगावाट हाराहारीमा रहेको विद्युत उच्च माग निशेधाज्ञा खुले यता क्रमशः उकालो लागेको छ । विद्युतको उच्च माग बृद्धि हुँदा उपत्यकाको खपत पनि बढिरहेको प्राधिकरणले जनाएको छ । उत्पादन बढिरहेकाले विद्युतको आन्तरिक बजार विस्तार गर्न प्राधिकरणले पनि ग्राहक वर्गमा खपत बढाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit